काठमाडौं । प्रहरीले अपराधीलाई प्रायः भन्छ– तिमी आफूमा परिवर्तन ल्याऊ, हामी भगवान्, बन्दुक र संविधानलाई सुरक्षित राख्छौं । परिवर्तित व्यवस्थामा नेपाल प्रहरीको गति यसरी नै अघि बढाइरहेका छन् प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनाल । अहिलेसम्म बनेका आईजीहरू मध्ये जति ‘ह्यान्डसम’ छन्, उनले त्यति नै ‘ब्युटिफूल’ काम थालेका छन् । नागरिकमैत्री प्रहरी ढाँचालाई मस्तिष्कमा मात्र होइन, व्यवाहारमा नै उतार्न सीपालु खनालले कानुनी राज्यको स्थापना, मानव अधिकारको सम्मान, कानुन कार्यान्वयन, अपराध अनुसन्धान तथा रोकथाम प्रहरी संगठनका मुख्य जिम्मेवारी हुन् । नागरिकमैत्री प्रहरी अहिलेको आवश्यकता नै हो । त्यसैले आफू नेतृत्वको संगठनका हरेक संरचनामा खनालको स्पष्ट निर्देशन छ– जनमैत्री हुनू !
खनालको चर्चा आईजी हुँदामात्र होइन, संगठनका महत्वपूर्ण ठाउँका विशेष जिम्मेबारी सम्हाल्दै थियो । त्यसको निर्विकल्प निर्णयका आधारमा उनले संगठन हाँक्ने मौका पाएदेखि नै सक्रिय रहँदै आएका छन् । काम र संगठनका लागि जति प्रिय छन्, अपराधविरुद्ध त्यत्तिकै कठोरता प्रस्तुत गर्ने खनाल जुनसुकै अपराध निर्मूल पार्ने जादुमयी योजना बनाउँदै छन् ।
गणतन्त्र नेपालमा परिवर्तित संगठन संरचनाको मस्यौदा तयार पार्ने जिम्मेबारी नै उनको काँधमा आइलाग्यो । त्यतिमात्र होइन, उनले प्रमुखको जिम्मेबारी सम्हालेपछि सुधारका काममा कुनै कसर बाँकी राखेनन् । जति सुरक्षाप्रति उनको चिन्ता छ त्यति नै संगठन सुधारका निम्ति चासो । त्यसैले उनी जिम्मेबारीको कार्यकालभरि सेतो घोडाको दौडमा अघि बढ्ने संकेत फूली लगाएको १३ औं दिनदेखि गरे । संगठन, समाज, राज्य, कानुन चारैतिरका असरल्ल सम्बन्धलाई लयमा बाँधेर अघि बढ्ने चासो राखेका कारणले उनलाई भन्न सकिन्छ– अलर्ट आइजी ।
उनीअघिसम्म किचलोमा फँसेको संगठनमा सुधारको अपेक्षा निर्विकल्प गरिएको थियो । आइजी भएपछि उनले २ बर्षदेखि रोकिएको बढुवा प्रक्रियाबाट प्रहरी अधिकृतको मनोबल बढाउँदै जिम्मेबारी थप्न थाले । वर्षौंदेखि रोकिएको प्राविधिक प्रहरी नायव निरीक्षकहरूको न्यायोचित बढुवा गरे ।
समस्यालाई सूक्ष्म ढंगबाट जसले बुझ्न सक्यो त्यो असली नेतृत्वकर्ता हुन्छ भनेअनुसार त्यसलाई प्रमाणित गर्ने उनको कार्यगति रोकिएन । फास्टट्रयाकमात्र होइन, विश्वसनीय फास्टट्रयाक नीति अख्तियारी गरेकै कारण उपत्याको अर्को समस्या समाधानमा खनाल अघि बढे । कलंकी नागढुंगामा हेभी गाडीहरूबाट लामो समयसम्म जाम हुने भएकोले तत्काल सवारी सुचारु गर्नका निम्ति ८० टनसम्म तान्न सक्ने क्षमता भएको ¥याकरका निम्ति अर्थ मन्त्रालयमा समन्वय गरे ।
गृह मन्त्रालयबाट जारी भएको ८२ बुँदे कार्यक्रमलाई कार्यान्वयन गराउनको निम्ति १० बँदे प्रहरी संगठनको सुदृढिकरण कार्यक्रम जारी गरेका खनालले संयुक्त राष्ट्रसंघका उपमहासचिवसँग समन्वय गरि एफपीयु युएन मिसनमा जाने टोलीमा महिला प्रहरी कर्मचारी संख्या पनि थपे । उनी आफैं पनि आक्रामक कर्म र शालिन स्वभावमा प्रस्तुत हुने भएकाले प्रहरीको चेहरा त्यस्तै बनाउने लय समात्न थालेकैले रौतहट, काठमाडौंलगायत जिल्लाहरूका कार्वाहीहरूमा प्रहरी आक्रामक तर नीतिसम्मत हुन थाल्यो ।
प्रहरीभित्र धेरै विभागहरू अपूरा थिए । प्राविधिक र आधुनिक प्रहरी गठनका लागि उनकै पहलमा साइबर व्युरो, मानव बेचविखन नियन्त्रण व्युरो प्रस्तावित भयो जसको निर्दे्शिका बनिरहेको छ । खनाल यतिमा रोकिएनन् । प्रहरी कर्मचारीले प्राप्त गर्ने लत्ता कपडाहरू गुणस्तरीय र समयमै उपलब्ध होस् भन्ने हेतुले सम्पूर्ण टेन्डर प्रक्रिया समयमै पूरा गराई छाडे । प्रहरी अधिकारीहरू पनि ठान्छन् कि खनालमा राजनीतिक नेतृत्वलाई विश्वासमा लिएर प्रहरी संगठनलाई सक्रिय बनाउन सक्ने क्षमता छन् । यसकारण नेपाल प्रहरी उनको कार्यकालमा तिव्र फड्को मार्नसक्ने हुनेछ ।