काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरिक्षक (आईजीपी) अच्युतकृष्ण खरेलले नेपाल प्रहरीका सन्ततीका लागि ११ लाखको छात्रवृत्ति अक्षय कोष स्थापना गरेका छन् ।
अमर प्रहरीका सन्तानको शिक्षाका निम्ति एक छात्रा र एक छात्रलाई जनही ३० हजारका दरले बार्षिक रुपमा छात्रवृत्ति दिनेगरी प्रहरी प्रधान कार्यालयसँग खरेलले सम्झौता पनि गरेका छन् ।
खरेलले कर्तब्य पालनाका क्रमममा वीरगति विरगति प्राप्त गर्ने जवान, हवलदार, सहायक निरीक्षक, नायव निरीक्षकका सन्तानलाई उक्त छात्रवृत्ति प्रदान गर्ने ध्येयले सम्म्झौता गरेका हुन् ।
६५ औं प्रहरी दिवसका अवसरमा खरेलले यस्तो सम्झौता गरेका हुन् । नेपाल प्रहरीको इतिहासमा उनलाई सर्वमान्य आईजीपी मानिन्छ । प्रहरीभित्रको बेथिती र राजनीतिको कोपभाजनबारे उनले खुलेरै भन्ने गरेका छन् भने पुस्तकमार्फत सार्वजनिक समेत गरेका छन् ।
“अच्युत-मिना अमर प्रहरी पुरस्कार’ नाम दिइएको उक्त कोषका लागि पूर्व प्रहरी महानिरीक्षक खरेलले प्रतिवर्ष छात्रवृत्ती अन्तर्गत ६० हजार र सम्मानपत्र तयार गर्न ४ हजार गरी ६४ हजार उपलब्ध गराउने सहमती भएको छ ।
खरेलले यो अमर कामलाई मृत्युपर्यन्त समेत जारी रख्ने भएका छन् । अच्युत–मिनाका सन्तान डा. आयुष र डा. चाँदनीले ११ लाखको नेपाल प्रहरी संगठनसँग व्यक्तिगत सम्झौता गरी छात्रवृत्ती कोषको स्थापना गर्ने पहिलो व्यक्ति हुन् ।
यसअघि पनि नेपाल प्रहरीका चारै क्षेत्रीय स्कुलमा विभिन्न कालखण्ड र विभिन्न पदमा रहँदा खरेलले संगठनका जवान, हवलदारका गरिव तथा जेहन्दार सन्तानलाई अक्षयकोष उपलब्ध गराएका थिए ।
२०५७ सालमा अवकाश लिएका खरेल तत्काल प्राप्त मासिक पेन्सन ८, ५११ पनि संगठनका सिपाही, हवलदारका गरिव एवम् जेहन्दार सन्तानलाई प्रत्येक महिना छात्रवृत्ती स्वरुप प्रदान गर्ने भएका छन् ।