काठमाडौं । खोटाङ, नवलपरासी (पूर्व), कञ्चनपुर, काभ्रे र बर्दियाको विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।
खोटाङ, रावाबेशी गाउँपालिका-३ देउरालीस्थित सडकमा स.१ त ५७३५ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सोलुखुम्बु दुधकोशी गाउँपालिका-४ जुबु बस्ने १८ बर्षीय निङमा तामाङको उपचारको लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
नवलपरासी (पूर्व), कावासोती नगरपालिका-८ सत्यटोलस्थित सडकमा ना.२७ प ७३०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३२ बर्षीय होम बहादुर आलेको स्थानिय कालिगण्डकी अस्पताल हुँदै पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको छ ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका-२ बाणीस्थित बाटोमा रोकी राखेको न.३ ख.१४२४ नम्बरको ट्रकमा शनिबार राति अनटेस्ट मोटरसाइकल पछाडीबाट ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने २४ वर्षीय दिनेश राना र मोटरसाइकलमा सवार २० वर्षीय सुनिल रानाको प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काभ्रे, रोशी गाउँपालिका-११ डालाबेशीस्थित सडकमा बा.९८ प ७५८२ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएकी स्कुटरमा सवार १९ वर्षीया अनुपमा रावलको धुलिखेल अस्पताल हुँदै नर्भिक अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको छ
।
दुर्घटनामा घाइते भएका स्कुटर चालक काठमाडौं मध्य बानेश्वर बस्ने रामेछाप मन्थली नगरपालिका-९ घर भएका २२ वर्षीय गोपाल बोहराको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
बर्दिया, राजापुर नगरपालिका-२ बालाबजारस्थित सडकमा से. ७ प ३७८९ नम्बरको मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएका सोही ठाउँ बस्ने २८ वर्षीय दिपेश थारुको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।