काठमाडौं । भक्तपुर, धनुषा, चितवन, मकवानपुर, बाँके र मोरङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।
भक्तपुर, चाँगुनारायण नगरपालिका-९ ताथलीमा बा.६६ प ७४७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सोही ठाउँ बस्ने इलाम घर भएका ४६ वर्षीय छवि भण्डारीको उपचारको लागि भक्तपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
धनुषा, धनुषाधाम नगरपालिका-८ भिमान चोकमा ना.१ ज ८६६१ नम्बरको विङ्गर गाडीले ना.५१ प १०६७ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार धनुषाधाम नगरपालिका-९ डेरा गरी बस्ने सिरहा घर भएका १५ वर्षीय अमन दासको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ३० वर्षीय श्यामकिशोर कुमार कुश्वाको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी धनुषा, गणेशमान चारनाथ नगरपालिका-९ बरमझिया जयनगर टोलमा को.१ त.९०७२ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने पिताम्बर शर्माको छोरा ११ वर्षीय रितिक शर्माको शुक्रबार राति घटनास्थलमै मृत्यु भएको छ । साथै सोही ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने ७० वर्षीया पाको देवी यादवलाई उपचारको लागि बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
चितवन, भरतपुर महानगरपालिका-२९ सभतेरीमा ग.१४ प ७१६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक तनहुँ ब्यास नगरपालिका-१४ बस्ने २४ वर्षीय बुद्ध पन्तको मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार तनहुँ ब्यास नगरपालिका-१३ बस्ने २५ वर्षीय सुरेश हर्खको सोही अस्पतालमा उपचार भइरहेको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-७ न्युरेनीमा ना.५९ प ५९२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक मकवानपुरगढी गाउँपालिका-३ बस्ने २५ वर्षीय राजेश तिमल्सिनाको जिल्ला अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार मकवानपुरगढी गाउँपालिका-३ बस्ने २५ वर्षीय प्रलाद तिमल्सिनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बाँके, सोनारी गाउँपालिका-७ नयाँबस्तीमा भे.१ त ८०१ नम्बरको ट्याक्टरले म.२ प ७०३४ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका
मोटरसाइकलमा सवार सोही गाउँपालिका-७ सर्रा बस्ने २३ वर्षीय सुमन थारु र २५ वर्षीय संजिव थारुको नर्सिङ होम अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
मोरङ, सुन्दरहरैंचा नगरपालिका-४ स्थित सडकमा को.९ प ३३०० नम्बर र को.२५ प ९४५१ नम्बरका दुई मोटरसाइकल शनिबार बिहान एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका को.२५ प ९४५१ नम्बरको मोटरसाइकल चालक सुन्दरहरैंचा नगरपालिका-८ बस्ने १९ वर्षीय बाल कुमार पुरीको विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका को.९ प ३३०० नम्बरको मोटरसाइकल चालक सुनसरी ईटहरी उपमहानगरपालिका-४ बस्ने ४६ वर्षीय टंक प्रसाद रिजालको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।