काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौंको महाराजगन्ज नजिकैबाट जुवा खेलिरहेको अवस्थामा २५ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाटट २ करोड ६७ लाख रुपैयाँ बरामद भएको परिसरका प्रमुख एसएसपी उत्तम सुवेदीले जानकारी दिए ।
प्रहरीका अनुसार जुवा खाल काठमाडौं महानगरपालिका–३ पिपलमार्गस्थित विक्रम गौतमको घरमा चलिरहेको थियो । प्रहरीले शनिवार राति २ बजेतिर छापा मारेको हो । प्रहरी स्रोतका अनुसार भीआईपीहरुको जमघट रहेको उक्त जुवाखालबाट बरामद भएको पैसा गन्न नै ३ घन्टा लागेको थियो ।
प्रहरीले दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाखको चेक एक थान, ३२ थान कौडा, ४ बुक तास बरामद गरेको जानकारी दिएको छ ।
पक्राउ पर्नेमा निम्न व्यक्तिहरू छन् :
१. काठमाडौं महानगरपालिका- २ भाङ्गीका बुद्ध लामा
२. काठमाडौं महानगरपालिका-१५ का मुक्ती लामा
३. काठमाडौं महानगरपालिका-९ का पवन अग्रवाल
४. काठमाडौं महानगरपालिका- ६ का सुमन अग्रवाल
५. काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ का कृष्ण भण्डारी
६. काठमाडौं महानगरपालिका-२९ का राम तामाङ्ग
७. काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-११ का सिताराम खड्का
८. काठमाडौं महानगरपालिका-२६ का अशोक श्रेष्ठ
९. काठमाडौं महानगरपालिका – ३५ का श्यामप्रसाद पराजुली
१०. काठमाडौं महानगरपालिका-१५ स्वयम्भु का रञ्जन राजबंशी
११. काठमाडौं महानगरपालिका-३ का विक्रम गौतम -मिनी क्यासिनो सञ्चालक घरधनी)
१२. काभ्रेपलान्चोक पनौती नगरपालिका-५ का प्रदीप बोगटी
१३. काभ्रेपलान्चोक तिमाल गाउँपालिका-६ का नवाङ्ग लामा
१४. काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका-९ का धावा लामा
१५. काभ्रेपलान्चोक बाल्टिङ गाउँपालिका-४ का बलराम सापकोटा -बले)
१६. काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका-११ का रोशन तामाङ्ग
१७. दोलखा भीमेश्वर नगरपालिका-५ का राम कृष्ण के.सी.
१८. दोलखा भीमेश्वर नगरपालिका-५ बस्ने ईन्द्र श्रेष्ठ
१९. ललितपुरको गोदावरीका प्रेम थापा मगर
२०. ललितपुर पुल्चोकका सोहेल कार्की
२१. ओखलढुङ्गाको पाप्ले-३ का सुमन गुरुङ्ग
२२. रौतहटको चन्द्रनिगाहपुर नगरपालिका-३ का शोवित सिलवाल
२३. रामेछापको बागमती भण्डारी नगरपालिका-३ का पवित्रकुमार कार्की
२४. बाराको निजगढ नगरपालिका-९ का शम्भु बुढाथोकी
२५. सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-४ का शम्भु शेर्पा