काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेका नवनियुक्त प्रहरी प्रमुख एसपी बशुन्धरा खड्काले आर्थिक लेनदेनमा कुनै पनि सझौता नहुने बताएकी छिन् । शान्ति सुरक्षा कायम गर्ने र अमनचयन स्थापना गर्ने, आर्थिक, सामाजिक र साइबर अपराध नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने बताईन् ।
जिल्ला प्रहरी कार्यालयमा आयोजित परिचात्मक कार्यक्रममा बोल्दै एसपी खड्काले जिल्लामा रहेका तस्करी र गुडागर्दी एवं अपराधिक गतिविधिमा संलग्न व्यक्ति र फरार अभियुक्तलाई पक्राउ गर्नुका साथैे चोरी तस्करी, लगायतका अपराधिक गतिविधि नियन्त्रण गर्न शून्य सहनशिलतामा बसेर आफू काम गर्ने प्रतिबद्धता रहेको एसपी खड्काले बताईन् ।
प्रहरी महानिरिक्षक देखि नै अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न कुनै कसुर बाँकी नराख्न निर्देशन रहेको भन्दै उनले आफू मातहातका कर्मचारीबाट पनि छवि बिगार्ने काम भए तत्काल कारबाहीको प्रकृयामा अगाडि बढाउने बताइन् ।
आफू कुनै नयाँ नारा नदिई नेपाल प्रहरीले निर्धारण गरेको "सत्य सेवा सुरक्षणम"लाई नै मुल नारा मानी त्यसकै भित्र रहेर आम नागरिकलाई भयमुक्त वातावारण रहन प्रहरी अहोरात्री खटेर शान्ति सुरक्षाको प्रत्याभुती गराउने मेरो र मेरो संगठनको चाहान रहेको एसपी खड्काको भनाई थियो ।
एसपी खड्काले पत्रकारहरुको छलफल कार्यक्रममा जिल्ला प्रहरी कार्यालयबाट प्रदान हुने हरेक किसिमका सेवा तथा सूचनाहरु सहि समयमा सबैलाई उपलब्ध गराउने समेत उनले प्रतिबद्धता जनाईन् ।
जनताको साथ र सहयोग नभई प्रहरी अगाडि बढ्न नकिने जिकिर गदै आम काभ्रे बासीले प्रहरीलाई समयमा नै सुचना दिई जिल्लाको बारेमा सधैव प्रहरीलाई सहयोग गर्ने समेत एसपी बशुन्धरा खड्काको आग्रह गरिन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेको सुचना अधिकारी डिएसपी राजकुमार श्रेष्ठ, इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख लालध्वज सुवेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे प्रमुख जनार्दन घिमिरे लगायत पत्रकार एवं सुरक्षकर्मीहरुको उपस्थिती रहेको थियो ।