काभ्रे । नक्कली बजार अनुगमनकर्ता बनेर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बनेपा नगरपालिका वडा नम्वर ५ घसिला मार्ग स्थित उपभोक्ता मञ्च नेपालबाट अनुगमन गर्न आएको भनि ठगी गरेको आरोपमा २ जना ईलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएसपी लालध्वज सुवेदीका अनुसार पक्राउ पर्नेमा जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका-७ का वासुदेव न्यैपाने र रोशन पोखरेल रहेका छन् ।
पक्राउ परेका दुई जना नक्कली अफिसियल कार्ड बनाई विभिन्न पसलहरुमा आफुहरू उपभोक्ता हित संरक्षण मञ्चबाट अनुगमनको लागी आएको बताउदै पसलको दर्ता प्रमाणपत्र र नम्बर, खाद्यको प्रमाणपत्र मागेकोमा मोबाईलमा देखाउँदा पसलमा किन नराखेको तपाईलाई कारबाही हुन्छ, तपाईको पसल सिल गरिदिन्छु भनि डर देखाई मिलाउने भए १५ हजार लाग्ने भन्दै ठगेको अनुसन्धानवाट खुलेको डिएसपी सुवेदीले बताए ।
प्रहरीले विभिन्न स्थानमा गई सोही गतिविधि गरेको सुचना पाए लगतै बेकरी पसल अनुगमन गर्न भनि अर्को बेकरीमा प्रबेश गरेको खबर पश्चात तत्काल ईलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी टोली खटिएको थियो । प्रहरीले उनीहरुको साथवाट उपभोक्ता मञ्च नेपाल संस्थाको नाम लेखी बनाईएका नामका परिचय पत्र थान २ थान,नोकिया कि प्याड मोबाईल थान १,इन्टेकस टर्ज फोन १ थान, स्यामसुन मोवाई थान १ र नगद रु ३ हजार पाँच सय रुपैया बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा पक्राउ परेकाव्यक्तिहरु संरक्षण मञ्चका कुनै पनि जिम्मेवार पदमा नरहेको र साथमा रहेको परिचयपत्र समेत नक्कली रहेको खुल्न आएको अनुसन्धानवाट खुलेको हो ।
पक्राउ परेका दुई जनालाई जिल्ला अदालत काभ्रेबाट पाँच दिन म्याद लिई विस्तृत अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।