डोटी । सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलमा बुधवार आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविर बाट ४ सय ५ जना लाभान्वित भएका छन् ।
नेपाल प्रहरी श्रीमती सङ्घको आयोजना तथा नेपाल प्रहरी अस्पताल महाराजगन्ज र सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको थियो । एक दिने निःशुल्क स्वास्थ्य शिविरको सुदूरपश्चिम प्रदेश प्रदेश श्रीमती सङ्घका अध्यक्ष कुस्मा राणा केसीले एक कार्यक्रमका बिच उद्घाटन गरेकी थिइन् ।
शिविर बाट १ सय २० जनाले जनरल फिजीशियन सेवा, ५० जनाले स्त्री रोग सेवा, ५७ जनाले दन्त रोग सेवा, २० जनाले अर्थोपेडीक सेवा, ३७ जनाले नाक कान घाटी रोग सेवा र ११ जनालाई श्रवण यन्त्र वितरण गरी ४ सय ५ जना लाभान्वित भएका सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालका प्रहरी नायब उपरीक्षक डा.नबिन लागेजुले बताए ।
आर्थिक स्थिति कमजोर भएका आम नागरिकलाई निःशुल्क सेवा लिन सहज होस भन्ने हेतुले शिविरको आयोजना गरेको श्रीमती सङ्घकी अध्यक्ष केसीले बताइन् । शिविरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसी, सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गणेश चन्द, जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाको सहभागिता रहेको थियो ।
शिशिरमा नेपाल प्रहरी अस्पताल महाराजगन्जका नाक कान घाटी रोग विशेषज्ञ डा.सुवास आर्चाय, प्रदेश प्रहरी अस्पतालमा कार्यरत डा.नवीन लागेजु, डा. अनिता कार्की, डा.पूजा श्रेष्ठ जिल्ला अस्पताल डोटीमा कार्यरत डा.अरुण कुमार गुप्ता, सुजंग अस्पतालमा कार्यरत डा.सुभाष थापामगरबाट चेकजाँच गरी उपचार भएको सुदूरपश्चिम पश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलले जनाएको छ । शिविरमा निःशुल्क रूपमा औषधी वितरण गरिएको समेत जनाइएको छ ।