बारा। यसो हेर्दा त घर ढलान गरेको जस्तो देखिन्छ तर ढलान नै ढल्किएको छ, कोठाभित्रै छानोबाट प्रकाश आउछ, पानी पर्याेभने बिस्तारा पोको पार्नुपर्छ । चुहिने छानोमा पाल टाँगिएको छ । यो कष्ठकर पूर्ण अवस्थामा बसेको नेपाल प्रहरी जनताको सुरक्षामा खटिन कसरी सक्ला ? यो कन्तबिजोग अवस्थामा गुराजा चलाउदै आएको छ ईलाका प्रहरी कार्यालय छतवा बारा ।
हावाहुरी आउदा ईट्टा खस्ने र पानी पर्दा चुहिने गरेको छ । जीर्ण भवनका डाँडा भाटा समेत भाँचिएका छन् । जनताको शान्ति सुरक्षामा खटिने ईलाका प्रहरी कार्यालय छतवा बारा आफै असुरक्षित हुनु दु:खद रहेको स्थानीयहरु बताउछन् ।
“चुहिने भवनमा कष्टका साथ वर्षौदेखि प्रहरी बस्दै आएको उक्त भवनको निर्माण तथा जिर्णोद्दारमा सरोकारवाला निकायले कुनै चासो दिएको छैन।” एक स्थानियहरुले भने, “हावाहुरी लाग्दा पाल उडाउछ, पानी पर्दा चुहिन्छ, यस्तो अवस्थामा बसेको प्रहरीले कसरी जनतालाई सुरक्षा दिन सक्ला ।”
यस विषयमा गाउँपालिकाले समेत तत्कालै अस्थायी टहरा निर्माण गरेर भएपनि प्रहरीलाई बस्ने व्यवस्था मिलाउन आवश्यक रहेको स्थानियको भनाई छ । अहिलेसम्म प्रहरी कार्यालय निर्माण गर्न कतैबाट जग्गा र बजेट नआउनु दु:खद रहेको स्थानिय नागरिकहरु गुनासो गर्छन्। उक्त ईलाका प्रहरी कार्यालय छतवा, बारामा २३ जनाको दरबन्दीमा अहिले १५ जना प्रहरी कर्मचारी कार्यरत छन् ।
बिगत १ महिना देखी प्रहरी वरिष्ठ नायब निरिक्षक श्याम बाबु यादवले कमान्ड गरिरहेको ईलाका प्रहरी कार्यालय छतवा बाराले अव्यवस्थित बसोबाससंगै सुरक्षा दिइराखेको छ । उनै वरिष्ठ नायब निरिक्षक यादवले कमाण्ड सम्हालेपछि स्थानिय तह र स्थानिय ब्यक्तिहरुको सहयोगमा मोनोग्राम र प्रतिक्षालयको निर्माण गरेका छन्। हाल त्यहाँ मन्दिर निर्माण हुँदै गरेको देख्न सकिन्छ।