काठमाडौं । काठमाडौं, झापा र कञ्चनपुर जिल्लाको छुट्टाछुट्टै स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको टोखा नगरपालिका-९ दिपज्योती बस्ने तनहुँ शुक्ला गण्डकी नगरपालिका-११ घर भएका ३१ वर्षीय कृष्ण बहादुर महतलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
महतले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी झापामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका-४ नयाँबस्ती बस्ने ३० वर्षीय मुसलिम अन्सारीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
अन्सारीले ती किशोरीलाई सोही ठाउँस्थित मकैबारीमा घाँस काट्दै गरेको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुरमा ८० वर्षीया बृद्ध महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दोधारा चाँदनी नगरपालिका-७ टाउके टोल बस्ने ४० वर्षीय मुकेश क्षेत्रीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
क्षेत्रीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।