मोरङ । बढ्दो सहरीकरण र अव्यवस्थित सडकहरु हालको समयमा सबैको समस्या रहि आएको छ । त्यसलाई सुधार गर्दै लैजानु र व्ययस्थापन गर्नु सदैव चुनैातिको रुपमा स्थानिय सरकार, बजार व्यवस्थापन समिति र ट्राफिक प्रहरीलाई हुने गरेको छ ।
देशभरी फैलिएर रहेका सिमित ट्राफिक प्रहरीले सम्पूर्ण जिम्मा लिएर सडक व्यथितिलाई सुधार गर्दै लैजान न त प्रयाप्त स्रोत साधन छ न त सडक र बजारको अवस्था नै । त्यहीपनि पाएको जिम्मेवारीलाई आत्मसाथ गर्दै स्रोत साधन विभिन्न संघ संस्था, स्थानिय पालिकाहरुसंग सहकार्य गरी व्यवस्थापन गरिरहेको छ ।
यसै क्रममा हामिले के कसरी ट्राफिक प्रहरीहरु सडकमा पाएको जिम्मेवारी सहकार्य गरी सम्मपन्न गर्दै छन् भनेर महेन्द्र राजमार्गमा ट्राफिक प्रहरीका गतिविधिहरु नियालेका छौं ।
मोरङ जिल्लाको कानेपोखरी र पथरी बजारमा खटिएका ट्राफिक प्रहरीहरुले के कसरी ट्राफिक व्यवस्थापन गरिरहेको छ भन्ने सवाल जवाफमा त्यस क्षेत्रमा खटिएका ट्राफिक प्रहरीहरुले स्थानिय तह साथै विभिन्न संघ संस्थाहरु संगको सहकार्यमा बढी दुर्घटना हुने क्षेत्र पहिचान गरी ट्राफिक बोर्डहरू राख्ने कार्य भएको, अन दी स्पट ट्राफिक सचेतना जस्ता कार्यक्रम गरेको, भित्री सडकमा चल्ने सवारी विशेष गरी ट्याक्टर, साईकल, रिक्सा चालकहरुलाई प्रशिक्षित गरिएको, विभिन्न समयमा स्कुल कार्यक्रम, मालबाहक सवारी टिपर आदीका चालकहरूलाई विशेष निगरानि राखी ढाला खुल्ला पानि चुहाउने जस्ता गतिविधि गर्ने लाई सुधार गरिएको, स्कुल हस्पिटल बजार क्षेत्रमा हर्न निषेध गरिएको जस्ता कार्यहरुको बारेमा ट्राफिक प्रहरी कार्यालय, पथरी मोरङका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) योगेन्द्र सिं खड्काले जानकारी गराए ।
त्यस क्षेत्रमा वनजंगल बढी रहेको त्यसमा के कस्तो भुमिका हुने गर्दछ भनि सोध्दा ट्राफिक प्रहरीले वन क्षेत्रमा गति सिमित, सवारी साधनबाट फ्याकिने फोहोर निश्चित तोकिएको स्थानमा मात्र, चुरोट सेवन गरी नफाल्न भनि विभिन्न भाडाका सवारी बस माईक्रोबस र अन्य प्राईभेट सवारी साधनमा समेत सचेतना गरीएको पाईयो ।
ट्राफिकिङ गर्दाको समस्याका बारेमा बुझ्न खोज्दा निक्कै बेर सोचेर हास्दै अथाह समस्या भोग्नु पर्ने जसमध्ये सम्बन्धित निकाय जस्तै सडक विभाग, नगरपालिका, वन कार्यलय आदीले बेवास्ता गर्दा एक्लै महसुस हुने, बुझ्ने मानिसहरुले पनि ट्राफीक नियमको उल्लंघन गर्दा अन्यलाई प्रसोहान हुने, कतिपय माथिल्लो निकाय अथवा यातायात व्यवस्था कार्यलयबाट दिईने स्विकृतिले समेत फिल्डमा काम गर्न समस्या हुने गर्दछ, कहिले विशिष्ट अहोदामा पुगेका व्यक्तिहरुबाट नै नियम उल्लघन गर्नेको सिफारिस गर्नाले समेत समस्या हुने गरेको असई खड्काले बताए ।