काठमाडौं । तीस बर्षे सेवाहदका कारण नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहसहित ९ उच्च तहका अधिकृतले आजदेखी अवकाश पाएका छन्। २०४९ चैत ११ मा प्रहरी निरिक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका सिंहसंगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरु सहकुल बहादुर थापा, उत्तमराज सुवेदी, दिवेश लोहनी, प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरु नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, मसाउद आलम खाँ, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरु उमाशंकर पन्जियार र जनकराज पाण्डेय गएरातीदेखि सेवानिवृत्त भएका छन्।
धिरजप्रताप सिंहको अवकाशसंगै नेपाल सरकारले बरियतामा अगाडी रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्त बहादुर कुँवरलाई ३० औं प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरिसकेको छ। नेपाल प्रहरीमा उच्च व्यावसायिक छवि बनाएका कुँवरलाई आइतबार बिहान गृहसचिव बिनोदप्रकाश सिंहले दर्ज्यानी चिह्नले सुशोभन गर्ने कार्यक्रम छ। गृह मन्त्रालयमा दर्ज्यानी चिह्नले सुशोभित भएपछि नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) कुँवरले नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा पदबहाली गर्नेछन्।
तीस बर्षे सेवाहदका कारण एउटा सिङ्गो ब्याच नै सेवानिवृत भएपछी नेपाल प्रहरीको उच्च तहमा धेरै पद रिक्त भएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाका एक अधिकृतका अनुसार आजदेखी ४ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), १३ प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १६ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को दरबन्दी रिक्त भएको छ।
हाल रिक्त चार एआईजीको लागि एघार डीआईजीहरु प्रतिस्पर्धी छन्। डीआईजीहरु सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी थारु, टेकबहादुर तामाङ, उमेशराज जोशी, भिमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा एआईजी बढुवाका प्रतिस्पर्धी हुन्।
त्यस्तै, १३ डीआईजीको लागि एसएसपीहरु जनक भट्टराई, बिष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, रविन्द्र केसी, राजेशनाथ बास्तोला, लालमणी आचार्य, यज्ञबिनोद पोखरेल, चन्द्रकुबेर खापुङ, अर्जुन चन्द ठकुरी, बिकासराज खनाल, सुरेन्द्र प्रसाद मैनाली, कृष्णहरी शर्मा पोखरेल र चक्रबहादुर सिंह मुख्य प्रतिस्पर्धी देखिएका छन्।
त्यस्तै, रिक्त १६ एसएसपीको लागि २५ एसपीहरु प्रतिस्पर्धामा देखिएका छन्। एसपीहरु बिमल बस्नेत सहित नेपाल प्रहरीको चर्चित ११२ टोलिका विश्व अधिकारी, सोमेन्द्रसिंह राठौर, भुपेन्द्रबहादुर खत्री, दिप शमशेर जवरा, बेलबहादुर पाण्डे, प्रवीण पोखरेल, अविनारायण काफ्ले, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, गङ्गा पन्त, तारादेवी थापा, आभुषण तिम्सिना, बिश्वमणी पोखरेल, दिनेशराज मैनाली, गोपालचन्द्र भट्टराई, कृष्णबहादुर पल्ली मगर, रविकुमार पौडेल, नविनराज राई, बिरबहादुर ओली, बसन्त रजौरे, चन्द्रदेव राई, प्रज्वल महर्जन र मुकुन्द मरासिनी एसएसपी बढुवाको मुख्य प्रतिस्पर्धी हुन्।
उनिहरुका अलावा २०५६ को ब्याचकै एसपीहरु रमेशकुमार बस्नेत, रविन्द्र रेग्मी, श्यामकृष्ण अधिकारी, बिमलराज कणेल, गोविन्द अधिकारी, नान्तीराज गुरुङ, कृष्ण प्रसाईं, भिमबहादुर दाहाल, हिराबहादुर पाण्डे, तुलबहादुर कार्की, बिनोद सिलवाल र राजिव बहादुर बस्नेत पनि एसएसपी बढुवाका प्रत्यासी हुन्।