काठमाडौं । संरक्षित वन्यजन्तु गैंडाको खाग अवैध रूपमा चोरी शिकारी, ओसार पसार तथा खरिद बिक्री कार्यमा संलग्न रहेको अभियोगमा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-७ सरस्वतीनगर टोलबाट गत पुस १९ गते झापा भद्रपुर नगरपालिका-१० बस्ने ४५ वर्षीय ईन्द्रमणी आचार्य र बाँके कोहलपुर नगरपालिका-११ बस्ने ४१ वर्षीया जमुना कुमारी शर्मालाई संरक्षित वन्यजन्तु गैंडाको खाग ५ सय २२ ग्राम सहित केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।
थप अनुसन्धानको क्रममा उक्त कारोबारमा संलग्न रहेका पाल्पा भुवनपोखरीका ६२ वर्षीय बाबुलाल भट्टराई, कैलाली घोडाघोडी नगरपालिका-१० पहलमानपुरका ३६ वर्षीय प्रताप चौधरी, कैलाली मसुरियाका ६१ वर्षीय गणेश भनिने गजाधर सापकोटा, भोजपुर अरुण गाउँपालिका-२ घर भएका ४५ वर्षीय डम्बर कुमार आले मगर, गोरखा पालुङटार नगरपालिका-२ ठाँटीपोखरी बस्ने ४७ वर्षीय दान बहादुर राना, स्याङ्जा पुतलीबजार नगरपालिका-१ का ४६ वर्षीय निर्मल शाही, स्याङजा वालिङ नगरपालिका-८ जैसीपधेँराका ३८ वर्षीया हरिमाया राना पक्राउ परेका छन् ।
यसैगरी चितवन भरतपुर महानगरपालिका-८ की ४० वर्षीया सम्झना चेपाङ भन्ने कमला तामाङ, चितवन कालिका नगरपालिका-९ शेरबास बस्ने ३९ वर्षीय राजु भन्ने सोम बहादुर चेपाङ तथा ३० वर्षीय राधाकृष्ण चेपाङ, चितवन इच्छाकामना गाउँपालिका-७ पदमपुरकी ३० वर्षीया तुलसी चेपाङ, सोही गाउँपालिका-७ सुन्दरबस्तीका ३९ वर्षीय बिरमान वाइबा र चितवन भरतपुर महानगरपालिका-८ गौरीगंज सल्यानी बस्ने ५२ वर्षीय आइत बहादुर तामाङ समेत गरी १३ जनालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले विभिन्न मिति र स्थानबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौंमा पठाइएको छ ।