विराटनगर । नेपाल प्रहरी श्रीमती संघ तथा एक नम्बर प्रदेश प्रहरी कार्यालयको आयोजना तथा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि विराटनगरको सहकार्यमा एकदिने बृहत नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको हाता भित्र संचालित शिविरको नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्री कुसुम लता सिंहले पानसमा बत्ती बालेर विधिवत रुपमा समुद्घाटन गरेकी हुन् ।
शिविरमा नाक, कान, घाँटी, आँखा, छाला तथा यौनरोग, हाडजोर्नी तथा नशा, दाँत, जनरल मेडिसिन, स्त्री रोग, फोक्सो सम्बन्धी रोगहरुको विशेषज्ञ डाक्टरहरुबाट चेकजाँच गरिएको छ । शिविरमा भिडियो एक्सरे, ई.सी.जी. विभिन्न किसिमका ल्याव टेस्टको समेत सुविधा रहेको उक्त शिबिरमा नि:शुल्क औषधीसमेत वितरण गरिएको थियो ।
एकदिने बृहत स्वास्थ्य शिविरमा प्रहरी कर्मचारीहरु, पुर्व प्रहरी, अमर/अशक्त प्रहरीका सन्ततीहरु समेत गरी पुरुष २८५ जना, महिला ७६ जना र बालबालिका १० जना गरी जम्मा ३७१ जनाले नि:शुल्क स्वास्थ्य सेवा लिएका थिए ।