डोटी । नेपाली सेनाका सुदूरपश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथि विजय थापाले डोटी जिल्लामा नेपाली सेनाले स्थापना गरेका सुरक्षा बेसको निरीक्षक गरेका छन् ।
प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यहरुको निर्वाचन २०७९ लाई मध्यनजर गर्दै डोटी जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकामा स्थापना गरेका सुरक्षा बेसको निरिक्षण भ्रमण गरेको भैरब प्रसाद गणका गणपती प्रमुख सेनानी जनमत कार्किले बताए ।
निरीक्षणका क्रममा पृतनापति उपरथि थापाले प्रदेश सभा तथा प्रतिनिधी सभा सदस्यहरुको निर्वाचन २०७९ लाई स्वतन्त्र, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न भैरव प्रसाद गणको महत्वपूर्ण जिम्मेबारी रहेको सोही ढङ्गबाट सम्पन्न गर्न सेनाका सकल दर्जाहरूलाई निर्देशन समेत दिए ।
जनताले निर्वाचनमा स्वतन्त्र, निष्पक्ष र भयरहित रूपमा मतदान गर्ने वातावरण सृजना गर्न नेपाल सरकारबाट प्राप्त महत्वपूर्ण जिम्मेवारी नेपाली सेनाको काँधमा आएको भन्दै उक्त जिम्मेवारीलाई सर्वोपरि ठानी कर्तव्य पथमा लाग्न पनि पृतनापति थापाले निर्देशन दिए ।
पृतनापती थापाले भैरब प्रसाद गणले गर्दै आइरहेको सामाजिक कार्य, शान्ति सुरक्षा ब्यवस्थापनको कार्यको प्रशंसा समेत गरेका थिए ।
निरीक्षणको भ्रमणका क्रममा डोटी पुगेका पृतनापती उपरथी थापाले जिल्ला स्थित सुरक्षा निकाएका प्रमुखहरु सँग पनि निर्वाचन सुरक्षा तयारी सम्बन्धि छलफल गर्नुका साथै कात्तिक २३ गते डोटी जिल्लाको पुर्विचौकी गाउँपालिका केन्द्रबीन्दु बनाएर गएको भुकम्पबाट भएको क्षतीको अवस्था र प्रभाबितहरुको अवस्थाको बारेमा जानकारी लिएका गणले जनाएको छ ।
पृतनापती उपरथी थापाले डोटीको पुर्विचौकी गाउँपालिका, शिखर नगरपालिका र दिपायल सिलगढी नगरपालिकामा अन्तर्गत स्थापना गरेका निर्बाचन सुरक्षा बेसको अवलोकन गरेको भैरब प्रसाद गणले जनाएको छ ।