डोटी । जिल्ला विपद् व्यवस्थापन समिति डोटीको आयोजनामा आगलागि सम्बन्धी कृत्रिम घटना अभ्यास दिपायल सिलगढी नगरपालिका ६ टुडुखेलमा प्रर्दशन गरिएको छ ।
आगलागि तथा विपद्को समयमा हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज, उद्धार, राहात, समन्वयलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्यले कृतिम घटना अभ्यासको आयोजना गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् ।
विपद् भन्ने कुरा जुनसुकै बेलापनि आउन सक्न त्यसैले डोटीमा हुन सक्ने सम्भाबित विपद्का घटनाहरुबाट बच्न सरोकारवाल निकाए र आज नागरिक पुर्ब तयारी अवस्थामा रहन आवश्यक रहेकोे दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्काले बताए ।
विपद्का घटनाहरु भईसकेपश्चात के के गर्ने भन्ने विषयमा आम नागरिकलाई पूर्ण जानकारी हुन आवश्यक रहको भैरब प्रसाद गणका गणपती प्रमुख सेनानी जनमत कार्किले बताए । विपद् भन्ने कुरा जतिबेला, जुनसुकै ठाउँमा पनि आउन सक्छ त्यसैले विपद्का घटना घटीहालेको अवस्थामा के के गर्ने भन्ने विषयमा सबै जानकार हुनुका साथै राहात र उदारमा विशेष ध्यान दिन आवश्यक रहेको उनले बताए ।
नेपाली सेनाले समय समयमा विपतसंग सम्बधी विभिन्न (आगलागी, बाढी, पहिरो, भुकम्प) घटनाहरुको समय समयमा कृतिम घटना अभ्यास गर्दै आईरहेको छ ।
भैरब प्रसाद गणको नेतृत्वमा, सशस्त्र प्रहरी बल ३६ नम्बर, र नेपाल प्रहरीले आगलागिको कृत्रिम घटना अभ्यास सम्पन्न गरेका थिए । घटना अभ्यासमा उद्धार गरी ल्याइएका घाइतेलाई नेपाल रेडक्रस सोसाइटीको प्राथमिक उपचारक टोलीले प्राथिमक उपचार सेवा प्रदान गरी एम्बुलेन्समार्फत नजिकको अस्पतालमा पठाउने कार्य भएको थियो ।
आगलागिको कृत्रिम घटना अभ्यासमा सबै सरोकारवाला निकाय र स्थानियबासीको, संघसंस्था, पत्रकार, आम नागरिकको सहभागिता रहेको थियो ।