डोटी । नेपाल प्रहरी आम नागरिकको साथी रहेको डोटीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कल्पना श्रेष्ठले बताएकि छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीले आयोजना गरेको ६७औं प्रहरी दिवसको अवसरमा प्रजिअ श्रेष्ठले उक्त कुरा बताएकि हुन् ।
कार्यक्रमको प्रमुख अथिती समेत रहेकी प्रजिअ श्रेष्ठले नेपाल प्रहरी आम नागरिकको नजिकको साथी रहेको बताइन् । स्थानीय स्तरमा जनतासंगको सबैभन्दा नजिकको प्रशासनिक निकाए, प्रशासन भनेको नेपाल प्रहरी नै हो त्यसैले नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्नका साथै आम नागरिकका हरेक समस्यामा साथ दिनुपर्ने समेत उनले बताइन् । डोटीमा प्रहरी गर्दै आईरहेको विभिन्न कामको प्रशंसा समेत गरेकी थिइन् ।
नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्नुका साथै समाजमा हुने अपराधिक गतिबिधीहरु न्यूनिकरणमा अहम भूमिका निर्बाह गर्दै आइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले बताए । डोटीबासी आम नागरिकलाई शान्ति सुरक्षाको अनुभुति दिलाउनका साथै सुख दुःखमा साथ दिन नेपाल प्रहरी हरपल तयार रहेको समेत धमलाले बताए ।
डोटीमा हुने गरेका विभिन्न अपराधीक गतिबिधीहरुलाई न्यूनिकरणमा प्रहरीको अहम भुमिका रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भोला भट्टले बताए ।
जिल्ला प्रहरी कार्यालयमा संचालन भएको दिवस समारोह कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, भैरब प्रसाद गणका गणपती, सशस्त्र प्रहरी बल ३६ नम्बरका प्रहरी उपरीक्षक, प्रमुख राष्ट्रिय अनुसन्धान डोटीका प्रमुख, दि.सी.न.पा.६ का वडा अध्यक्ष, भुतपूर्व प्रहरी, प्रहरी अधिकृत, पत्रकार लगाएको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले गरेका थिए ।