डोटी । डोटी जिल्ला सदरमुकाम सिलगढी स्थित नेपाल सेना भैरब प्रसाद गणले आयोजना गरेको मट्काफोर खेलमा सशस्त्र प्रहरीको टीम विजयी भएको छ ।
नेपाली संस्कृती अनुसार श्रीकृष्णले मट्का फोरेर दही खाने गरेको किबदन्ती अनुसार संस्कृतीको जर्गेन गर्नुका साथै कला संस्कृतिको प्रवर्द्धनका सहयोग पुगोस् नयाँ पुस्तालाई पनि जानकारी होस भन्ने हेतुले खेलकुदको आयोजना गरिएको भैरब प्रसाद गणका गणमती प्रमुख सेनानी जनमत कार्किले बताए ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजित मट्काफोर तथा सांस्कृतिक कार्यक्रममा सशस्त्र प्रहरी नेपाल नम्बर ३६ हेड क्वाटर दिपायलका टोलीले मट्का फोरेर विजयी भएको हो ।
नेपाली सेना भैरब प्रसाद गण र राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको संयुक्त आयोजना र दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ र ६ को सहयोगमा आयोजित कार्यक्रममा छ वटा टिमहरुको सहभागि रहेको थियो ।
पहिलो चरणमा २० सेकेन्डको समयावधि दिएको खेलमा कुनै टिमले पनी मट्का फुटाउन सकेका थिएनन् । दोस्रो राउन्डको २५ सेकेन्डको समयावधिमा दोस्रो नम्बरमा रहेको सशस्त्र प्रहरीको टीमले समय सिमाभित्र मट्का फुटाई बिजयी भएको आयोजकले बताएको छ ।
खेलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बैंक अफ कर्मश, वडा नम्बर ६ र राधाकृष्ण मन्दिर व्यवस्थापन समिति ६ वटा टीमले भाग लिएका थिए ।
सिलगढी स्थित ईन्द्रचोकमा आयोजित कार्यक्रममा मट्काफोर खेलका साथै छलीया नाँच, डेउडा नाँच, लगाएका सांस्कृतिक कार्यक्रमहरु पनि गरिएका थियो । मट्काफोर खेलमा विजयी खेलाडीहरुलाई नगर रु २५ हजार पुरस्कार दिइएको समेत आयोजकले जनाएको छ ।
कार्यक्रममा उच्च अदालत कंचनपुरका न्यायधीस, नम्बर ५ बाहीनिका सहायक बाहीनीपती, जनप्रतिनिधि, सरकारी गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधी, नागरिक समाज, सुरक्षा निकाएका प्रमुख स्थानीयबासीको सहभागिता रहेको थियो ।