डोटी । नम्बर ५ बाहीनी राजपुर डोटीका सहायक बाहीनीपती महासेनानी मजोज थापाले नेपाली सेना र नागरिकबीचको सम्बन्ध सुमधुर हुनुपर्ने बताएका छन् ।
नेपाली सेना भैरब प्रसाद गण डोटीको १४२ औं वार्षिकोत्सवको अवसरमा आयोजित सास्कृतीक कार्यक्रममा बोल्दै महासेनानी थापाले उक्त कुरामा जोड दिएका हुन् ।
कार्यक्रमको प्रमुख अथिती समेत रहेका थापाले कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली सेना र नागरिकबीचको सम्बन्ध जहीले पनि नजीकको हुनुपर्छ, नेपाली जनातको दुःख सुखमा नेपाली सेनाले जहीले पनि सहयोग गर्ने बताए । उनले भने, 'नेपाली सेनाले देशमा शान्ति सुरक्षा कायम गर्ने, देशको भौगोलिक अखण्डता, स्वधीनता रक्षा गर्नुका साथै नेपाल सरकारले दिएको जिम्मेबारी जहीले पनि पुरा गर्न तयार रहेका छौ ।'
स्थापनाको करीब सय वर्षभन्दा बढीको ईतिहास बोकेको भैरब प्रसाद गणले सरकारले दिएको जिम्मेबारी बहन गर्नुका साथै अन्य विभिन्न सामाजिक कार्यहरुमा पनि सहयोग गर्दै आइरहेको भैरब प्रसाद गणका गणपती प्रमुख सेनानी जनमत कार्कीले बताए । उनले भने, 'हामीले सरकारले दिएको जिम्मेवारी त पुरा गर्ने नै छौ त्यसका साथै अन्य प्राकृतीक प्रकोप र विपद्को समयमा सहयोग गर्नुका साथै सामाजिक कार्यमा पनी नागरिक संग हालेमालो गरेर अगाडि बढ्छौं ।'
वार्षिकोत्सवको अवसरमा गणले सिलगढी स्थित टुडीखेल मैदानमा भैरब प्रसाद टर्फी २०७९ फुटबल प्रतियोगिता, महिलाहरु बीच डोरी तान्ने खेल लगाएतका विभिन्न कार्यक्रमहरुको आयोजना गरेको भैरब प्रसाद गणका सेनानी सुरेन्द्र रोक्काले बताए ।
गणले वार्षिकोत्सवको अवसरमा आयोजना गरेको विभिन्न खेलकुदमा सहभागि प्रतियोगिहरुलाई पुरस्कार प्रमाणपत्र उपलब्ध गराउनुका साथै गणभित्र राम्रो काम गर्ने महिला र पुरुष गरी २ जना कर्मचारीलाई पुरस्कृत गरीएको थियो ।
गणले १४२ औं वार्षिकोत्सवको अवसरमा आयोजित गरेको सास्कृतीक कार्यक्रममा नम्बर ५ बाहीनी राजपुर डोटीका सहायक बाहीनीपती, जिल्ला समन्वय समिति डोटीका प्रमुख, उप प्रमुख, जिल्ला स्थीत स्थानीय तहका प्रमुख, उप प्रमुख, डोटीका प्रमुख जिल्ला अधिकारी, शसस्त्र प्रहरी बल प्रमुख, जिल्ला प्रहरी कार्यालय प्रमुख लगायत कार्यालय प्रमुखहरु, नागरिक समाज, पत्रकार, समाजसेवी र स्थानीयको सहभागिता रहको थियो ।