डोटी । सामाजिक कुरुती विरुद्ध जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाईमा सचेतनामुलक कार्यक्रम संचालन भएको छ ।
समाजमा हुने गरेका कुरिती, विकृति, विसंगतिको अन्त्य गरी सभ्य समाज निमार्ण गर्न जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाईमा सचेतनामुलक कार्यक्रम शुक्रबार दिपायल सिलगढी नगरपालिका ३ स्थीत दिल्पेश्वर माध्यामीक विद्यालयमा आयोजना गरिएको थियो ।
समाजमा रहेका बिद्यमान कुरिती कुसंस्कारहरुको विरुद्धमा सबैलाई सचेत पार्ने उद्देश्यले सचेतनामुलक कार्यक्रम आवश्यक रहेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । उनले भनिन्, ‘हाम्रो समाज, छर छिमेक, टोलमा कुसंस्कार विकृती के के रहेका छन् तिनीहरुको पहिचान गर्नुपर्छ त्यसपछि न्यूनिकरण गर्न सहज हुन्छ ।’
बालबालिकाहरुलाई लक्षित गर्दै प्रजिअ श्रेष्ठले बालबालिकाहरु आफ्नो हक अधिकार र कर्तब्यको बारेमा जानकार हुनुपर्छ अनि मात्र अरुलाई भन्न मिल्छ । त्यसैले विद्यालय क्याम्पसमा अध्ययनरत बालबालिकाहरु आफुमात्र सचेत नभई आफ्नो घर परिवारलाई समेत कुरीतीबाट सचेत रहन जानकारी गराउनु पर्ने बताइन् ।
सचेतनामुलक अभियानलाई विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले जिल्लाका ग्रामीण क्षेत्रहरुमा प्राथमकीकताका साथ अघाडी बढाउनु पर्ने समेत प्रजिअ श्रेष्ठले बताइन् ।
समुदायमा हुने अपराधीक गतिविधीलाई न्यूनिकरण गर्न सहयोग पुग्नुका साथै सभ्य समाज निमार्ण होस भन्ने हेतुले हामी जनताको घरदैलो, विभिन्न बिद्यालयममा गएर विभिन्न कार्यक्रमहरु गर्ने गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भोला भट्टले बताए । उनले, ‘भने बालबालिका भनेका भोलीका भविश्य हुन त्यैसैले कुनैबालबालिका विकृती विसंगती, अपराधीक गतिविधिमा संलग्न हुनु हुदैन कोही त्यस्ता बालबालिका छन् भने सबै मिलेर सुधार गर्नुपर्छ ।’
प्रहरीले समय समयमा जनचेतना मुलक कार्यक्रमका साथै नागरिकलाई सहायता पुगोस भन्ने हेतुले नेपाल प्रहरीको काम कर्तव्यका साथै कुनै अपराधिक घटना, प्रकोप जन्य घटना, कुनै दृघटना भईहाले प्रहरीलाई कसरी छीटो भन्दा छीटो सम्पर्क गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउदै आईरहेको समेत प्रहरी नायब उपरिक्षक भट्टले बताए ।
बालबालिकाहरुले बाल अधिकार र कानुनको बारेमा जानकार हुन आवश्यक रहेको उच्च सरकारी वकील कार्यालय राजपुरका निमीक्त न्यायधीबक्ता प्रकाश राज भण्डारीले बताए । उनले भने, ‘बालबालिका नै सचेत हुनुपर्छ तब मात्र आफ्नो अधिकारको बारेमा बोल्न सहज हुन्छ ।’
सरकारी वकील कार्यालयको काम कर्तब्यको बारेमा आम नागरिक जानकार हुनुपर्ने जिल्ला सरकारी वकील कार्यालय डोटीका न्यायधीवक्ता नरेन्द्र देवकोटाले बताए ।
प्रहरी प्रशासनले संचालन गर्ने यस्ता सचेतिकरण अभियानले बिद्यार्थिहरुमा जनचेतना जगाउनुका साथै आफुपनि सचेत बन्न सहयोग पुगेको दिल्पेश्वर माध्यामीक विद्यालयका प्रध्यानाध्यापक दिर्घ बहादुर कठायत बताए । हाम्रो विद्यालयमा सबैभन्दा बढी समस्या भनेको केही विद्यार्थिहरु लागूऔषधको प्रयोग तिर होमीएका र विद्यालय हाता नजिकमा मदिराका पसलहरु रहेकोले विद्यालयलाई प्रत्येक्ष प्रभाव परिरहेकोले यसको व्यवस्थापनको लागि सरोकारवालको ध्यान जानुपर्ने समेत प्रअ कठायतले बताए ।
जिल्ला प्रशासन, जिल्ला प्रहरी, सरकारी वकील, उच्च सरकारी वकील कार्यालयले संयुक्त रुपमा आयोजना गरेको सचेतनामुलक कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत छात्रछात्राहरुको सहभागि रहेको थियो ।