डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले बुधबार सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका अमरगढी नगरपालिका-६ छचोडाका २७ वर्षीय वीरेन्द्र ताम्राकारकोे खोजि कार्य तिब्र पारेको छ ।
डडेलधुराबाट मलामी गएका ताम्राकार डोटीको शिखर नगरपालिका-१० गहनान क्षेत्रबाट बेपत्ता भई हालसम्म नभेटेपछि खोजि कार्यलाई तिब्रता दिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताईन् । उनले भनीन्, ‘हामीले बेपत्ता भएको दिन देखि हामी संग भएको सुरक्षा निकायको जनशक्ति र श्रोत साधनको भरपुरमात्रामा प्रयोग गरेर खोजिकार्य अघाडी बढाएका छौँ ।’ वर्षातको कारण पानी धमीलो हुदाँ भेटाउन गाह्रो भईरहेको बताईन् ।
शुक्रबार पनि सेति नदी र आसपासका क्षेत्रमा सयौको संख्यामा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले ढुंगाको प्रयोग सहित खोजिकार्य जारि राखेको समेत प्रजिअ श्रेष्ठले बताईन् ।
बेपत्ता भएका ताम्राकारको खोजी कार्य भइरहेको भएपनि वर्षातका कारण नदीमा पानीको बहाव बढेको र पानी धमिलो भएका कारण भेटाउन गाह्रो भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी भोला भट्टले बताए । उनले भने, ‘बेपत्ता भएको दिन देखि नै हामी निरन्तर खोजिकार्यमा छौं ।’ सेति नदिको क्षेत्रमा पर्ने सबै ईलाका बाट प्रहरी परिचालन गरिएको समेत प्रहरी नायब उपरीक्षक भट्टले बताए ।
सेति नदिमा बेपत्ता भएका ब्यक्तिको खोजि कार्यका लागि आफुसंग भएको जनशक्ति, श्रोत साधन पूर्ण रुपमा परिचालन गरिएको ससस्त्र प्रहरी नेपाल नम्बर ३६ हेड क्वाटर दिपायलका प्रहरी उपरीक्षक बिर सिंह साहुले बताए । उनले भने, ‘हामीलाई बेपत्ता भएको खबर आउने बित्तीकै हाम्रो टोली भईसकेको हो ।’ बर्षातका कारण पानिको बाह बढेको छ पानी धमीलो छ त्यसैले भेटाउन गाह्रो भईरहेको समेत बताए ।प्रहरी नायब उपरीक्षक दिपक बिस्टको नेतृत्वमा १५ जना बेपत्ता ब्यक्तिको खोजी कार्यमा टोली परिचालन गरिएको समेत प्रहरी उपरीक्षक साहुले बताए ।
सेती नदीमा आफन्तको शव जलाउन गएका बेला उनीसँगै अर्का विनोद ताम्राकार पनि नदीमा बगेका थिए । तर, उनी करिब २ सय मिटर तल बानीडुग्रीसैन नजिक घाइते अवस्थामा फेला परेका थिए।
सेति नदिमा बेबारीसे शव फेला
सेती नदीमा नुहाउने क्रममा बेपत्ता ताम्राकारको खोजि कार्य गर्दा शुक्रबार शिखर नगरपालिका १० बानडुग्रीसैन नजिक बेबारीसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भोला भट्टले बताए । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले संयुक्त रुपमा बेपत्ता ताम्राकारको खोजी कार्य गर्दा बेबारीसे महिलाको सब फेला परेको हाल जिल्ला अस्पताल डोटीमा राखीएको बताए ।
पहिचान नभएका तथा बेबारीसे सब ब्यवस्थापन निर्देशीका २०७८ अनुसार विभिन्न प्रक्रिया पुर्याई बेबारीसे शव को ब्यवस्थापन गरिने समेत प्रहरी नायब उपरीक्षक भट्टले बताए ।