काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरु प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन् ।
गृहमन्त्रालयले आज (शुक्रबार) यहि असार ८ गते बढुवा सिफारिसमा परेका १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गरेको हो । गृहमन्त्रीस्तरिय निर्णयबाट अघिल्लो ब्याचबाट बसन्तबहादुर कुवँर र पछिल्लो ब्याचबाट दीपक थापा पहिलो नम्बरमा बढुवा भएका छन् ।
शुक्रबारको निर्णयअनुसार टेकप्रसाद राई, अशोक सिंह, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी,भिमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह (चन्द) र किरण राणा प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन् ।
नवनियुक्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुलाई आइतबार अपरान्ह २ बजे प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा आयोजना गरिने विशेष समारोहकाबिच दर्ज्यानी चिह्नद्वारा सुशोभन गरिने कार्यक्रम तय गरिएको छ ।