डोटी । डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले डोटीका सबै स्थानिय तह सरकारी तथा गैरसरकारी संघ संस्थाहरुलाई विपद् व्यवस्थापनको पूर्ण तयारीमा रहन आग्रह गरेकी छन् ।
बुधबार जिल्ला प्रशासन कार्यालय डोटीमा आयोजित जिल्ला बिपत ब्यवस्थापन समितिको बैठकमा प्रजिअ श्रेष्ठले उक्त कुरामा जोड दिएकी हुन् । प्रजिअ श्रेष्ठले स्थानीय सरकारले विपद्को क्षेत्रमा आवश्यक बजेटको ब्यवस्थापन गर्नुपर्ने, बिपत ब्यवस्थापन सम्पर्क ब्यक्ति तोक्नु पर्ने, सम्भाबित जोखीमयुक्त स्थानको पहिचान गर्नुपर्ने बताइन् । जिल्ला तहमा विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थासंग भएको उद्दारका सामग्री, जनशक्ती, स्रोत साधानको पनि अध्याबधीक गरि तयारी अवस्थामा राख्नुका साथै बिपतको समयमा सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न समेत आग्रह गरेकी हुन् ।
वैठकमा बोल्दै विभिन्न पालिकाका जनप्रतिनिधीहरुले विगतका वर्षमा भएका विपद्का घटनाबाट भएको धन जनको क्षतीको कुनै प्रकारको राहात पाउन नसकेको समेत गुनोसो गरेका थिए ।
बैठकमा बोल्दै सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले सायलमा धेरै बस्तीहरु जोखीममा रहनुका साथै विगतका बर्षहरुमा ठुलो मात्रामा घन जनको क्षती भएको छ । अहीले पनि धेरै स्थान जोखिम युक्त छन् त्यसैले सायल क्षेत्रलाई जोखिमयुक्त क्षेत्रको रुपमा बुझ्नुपर्ने बताए । सायल क्षेत्रमा नेपाल टेलीकम र विद्युतको समस्याको बारेमा समेत प्रजिअको ध्यान आकर्षण गराएका थिए ।
जथाँभाबी बनजंगल मासेर सडक बनाउने कारणले अधिकांश बस्तीहरु बाढी पहिरोको जोखीममा पर्ने गरेको आदर्श गाउँपालिकाका अध्यक्ष गणेश खड्काले बताए । उनले भने विपद् पश्चात बितरण गरिने राहातमा समेत विभेद हुने गरेको छ यता तिर पनि सबैको ध्यान जानु पर्छ । विपद्का योजनाहरु बनाउदाँ दिर्घकालिन बनाउनुका साथै सबैले आआफ्नो जिम्मेबारी बहन गर्नुपर्ने समेत बताए ।
विगतका समयमा विपद्बाट क्षती ब्यहोरेका पीडीतहरुले अहिले सम्म पनि क्षतीपुर्ति पाउन नसक्दाँ सरकारले राहातको नाममा विभिन्न नौटंङी गर्छ भनेर आरोप खेप्नु परेको केआई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले बताए । विपद्का घटनाहरुबाट हुने गरेको धनजनको क्षतीको बास्तबीक तथ्यांक संकलन गर्नुका साथै समयमै राहातको पनि ब्यवस्था गर्नुपर्ने समेत अध्यक्ष शाहीले बताए ।
शिखर नगरपालिका सेती नदी छेउछाउका बस्तीहरु बाढीपहीरोबाट उच्च जोखिममा रहेका शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बहादुर बलाएरले बताए । उनले भने शिखर क्षेत्र सबैको हिडडुल गर्ने साझाँ क्षेत्रहो एक पटक पनि अबरुद्ध हुदाँ डोटी अछाम बाजुरा नै थप्प हुने गरेकोले सम्बन्धीत सबै सडक, बन कार्यालय लगाएको सबैको ध्यान जानुपर्ने बताए । विपद् ब्यवस्थापनमा विभिन्न योजनाका साथ अघाडी बढीरहेको समेत प्रमुख बलायरले बताए ।
बिपतको समयमा हुने गरेको घन जनको क्षतीको विवरणमा एकरुपता हुनुपर्ने पुर्विचौकी गाउँपालिकाका अध्यक्ष राम प्रसाद उपाध्यायले बताए । विपद्को समयमा संघ संस्थाको तथ्यांक एउटा हुन्छ, प्रहरीको अर्को हुन्छ अन्यको अर्को हुने हुदाँ वास्तविक पीडीत भन्दा अरुले राहात पाउने सम्भावना बढी हुने गरेको उनले बताए ।
पालिका भित्रका केही विपद्को जोखिममा रहेकाले बस्तीहरु नै स्थान्तरण गर्नुपर्ने बोगटान फुडसिल गाउँपालिकाका अध्यक्ष कमल गडसीलाले बताए । उनले भने बस्ती स्थान्तरण पुर्व ४,५ जनाको बिज्ञ टोली आउनु पर्ने अनुसन्धान पश्चात विभिन्न प्रक्रीया पश्चात बस्ती स्थान्तरण कार्य अघाडी बढ्ने भएकाले जिल्ला भित्र जोखिममा रहेका स्थानहरुको पहिचान गरी बस्ती स्थान्तरणको कार्य जिल्ला भरि संयुक्त रुपमा अघाडी बढाउनु पर्ने बताए ।
पालिकाका केही स्थानहरु विपद्को सवालमा जोखिमपूर्ण अवस्थामा रहेका बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरब बहादुर साउदले बताए । उनले भने हामीले पनि केही स्थानहरु जोखिमपूर्ण रुपमा लिएका छौ तिनीहरुको पहीचान गरी पूर्व तयारी अवस्थामा रहनेछौ । पालिकाले विपतको क्षेत्रमा तयार गरिहरेको समेत अध्यक्ष साउदँले बताए ।
बैठकमा राजनितीक दलका प्रतिनिधीहरुले पनि विपतको समयमा प्रदेश तथा संघीय सरकार खासै जिम्मेबार हुन नसकेको गुनासो गरेका थिए । आगामी दिनमा तिनै तहका सरकारहरु जिम्मेबार हुनुपर्ने बताएका थिए ।
बैठकले २०७८ साल असोज ३१ गते देखि कात्तिक ३ गते सम्म अबीरल वर्षाका कारण निजी आवास नस्ट भएका ब्यक्ती तथा परिवारहरुलाई पुन निमार्ण तथा प्रवलीकरण तथा पुनस्थापनाको लागि स्थानिय विपद् ब्यवस्थापन बाट अनुमोदन भई आएका ७३ वटा घर पुननिमार्णका लागि राष्ट्रिय जोखिम न्यूनिकरण तथा ब्यवस्थापन प्राधिकरणमा पठाउने, सोही समयमा धानबाली बोहेका अन्य बालीमा क्षती पुगेका स्थानीय तहले कृर्षि ज्ञानकेन्द्रलाई सिफारीस गरेका क्षतीको विवरण अनुरुप डोटी जिल्लाका ९ सय २९ जना किसानहरुलाई क्षतीको क्षेत्रफल रोपनीको आधारमा राहात उपलब्ध गराउने लगाएतका विभिन्न निर्णयहरु गरिएका जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकीय अधिकृत दिपा जोशीले बताइन् ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकमा डोटीका सबै स्थानीय तहका प्रमुख, जिल्ला स्थित सरकारी कार्यालय तथा गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधी, नागरिक समाज, पत्रकार लगाएको सहभागिता रहेको थियो ।