काठमाडौं । सशस्त्र प्रहरी बलमा असईदेखि इन्स्पेक्टरसम्मको बढुवा प्रक्रिया शुरु भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले आइतबार साँझ सूचना प्रकाशित गरेर रिक्त रहेको सशस्त्र प्रहरी सहायक निरीक्षक (असई), सशस्त्र प्रहरी नायब निरीक्षक (सई) र सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा बढुवा प्रक्रिया शुरु गरेको हो ।
बढुवाका लागि प्रकाशित सूचनामा साधारण समूह, साधारण उपसमूह तर्फका सशस्त्र प्रहरी वरिष्ठ हवल्दारहरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपिसहित मूल्यांकन फाराम २० दिनभित्र मुख्यालयको बढुवा समितिको सचिवालयमा बुझाउन भनिएको छ ।
त्यसैगरी साधारण समूह, साधारण उपसमूहतर्फका सशस्त्र प्रहरी सहायक निरीक्षकहरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपिसहित मूल्यांकन फाराम १५ दिनभित्र मुख्यालयको बढुवा समितिको सचिवालयमा बुझाउन भनिएको छ ।
त्यसैगरी साधारण समूह, साधारण उपसमूहतर्फका सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक एवं सशस्त्र प्रहरी नायब निरीक्षकहरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपिसहित मूल्यांकन फाराम १० दिनभित्र मुख्यालयको बढुवा समितिको सचिवालयमा बुझाउन भनिएको छ ।
त्यस्तै साधारण समूह, लेखा उपसमूहतर्फका सशस्त्र प्रहरी नायब निरीक्षकहरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपिसहित मूल्यांकन फाराम १० दिनभित्र मुख्यालयको बढुवा समितिको सचिवालयमा बुझाउन भनिएको छ ।