गणेश मौनी / डोटी । नेपाली सेनाको पश्चीम कमाण्ड सेनापती उपरथि प्रेम शाहीले गंगादशहरा मेलाको अवसरमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका प्रख्यात शक्तिपीठहरुमा पुगेर पूजा आराधना गरेका छन् ।
सधैंका वर्ष जस्तै नेपाल सरकारको तर्फबाट यस वर्ष पनि पश्चीम कमाण्डका सेनापतीले २४ गते बाजुराको बडीमालिका, २५ गते अछामको बर्दादेबी र बाजुराको नाट्यश्वरी २६ गते डोटीको शैलेश्वरी र खप्तडक्षेत्रमा रहेका धार्मिक शक्तिपीठहरु त्रिबेबी, सर्हसलिंगमा पूजा आराधना गरेको भैरब प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्किले बताए ।
गंगादशहराको अवसरमा नेपाल सरकारबाट देशमा शान्ति अमनचयनको कामना सहित सुदूरपश्चिममा रहेका प्रख्यात धार्मिक शक्तिपीठहरुमा पूजा आराधना गर्ने चलन रहीआएको शैलेश्वरी क्षेत्र बिकास समितिका अध्यक्ष प्रेम शंकर भट्टले बताए ।
आज भन्दा करीब ३०/३५ वर्ष पहीले तत्कालीन समयमा राज बिरेन्द्र शाहले खप्तड स्वामीबाट प्रेरणा पाई तत्कालीन समयका जर्नेल भरत केशरीले सुदूरपश्चिमका शक्ति पीठहरुमा पुजाआराधना गरि सुरुवात गरेको सोही प्रचलन हालसम्म रहिआएको अध्यक्ष भट्टले बताए । सुदुरपश्चिममा प्रख्यात शक्तिपीठको रुपमा भगवतीका ७ बहीनी भनेर चिनीने गरिन्छ । बाजुराको बडीमालीका, डोटीको शैलेश्वरी, बझाङको सुर्मादेबी, बैतडीको मेलौली, त्रिपुरासुन्दरी, डिलासैनी र डडेलघुराको उग्रतारा हुन् ।
यस वर्ष गङ्गादशहरा मेलाका अवसरमा नेपाली सेना र उद्योग बाणिज्य संघले डोटीमा ‘‘सुन्दर सुदूरपश्चिम, खप्तड शैलेश्वरी म्याराथन प्रतियोगिता २०७९’’ का साथै विभिन्न कार्यक्रमहरु भलिबल, डेउडा प्रतियोगिताको आयोजना समेत गरेको छ । म्याराथन प्रतियोगितामा सहभागिहरु विभिन्न जिल्लाका र नेपाली सेनाका धावकहरु आज सप्तड पुगिसकेका नेपाली सेनाले जनाएको छ ।
म्याराथन जेठ २८ गते बिहान देखी सुरु हुने भएको । अन्य सहभागिहरुका लागि रन फर फन, योग शिबीरका साथै डेउडा प्रतियोगिताको आयोजना गरिने समेत आयोजकले जानकारी दिएको छ । पश्चीम कमाण्ड सेनापती उपरथि प्रेम शाही पनि रन फर फनमा सहभागि हुदै खप्तड देखि झिग्राानासम्म सहभागि हुने कार्यक्रम रहेको समेत नेपाली सेनाले जानकारी दिएको छ ।
प्रत्येक वर्ष जेठ शुक्ल दशमीको दिनमा खप्तडमा लाग्ने गंगा दशहरा मेलामा सुदूरपश्चिमका सबै जिल्लाबाट लगायत भारत विभिन्न स्थानबाट श्रदालु कभक्तजनहरु आउने गरेको पाइन्छ ।