काठमाडौं । २०४९ बैशाख १९ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीसहित १९ जना उच्च प्रहरी अधिकारीले अनिवार्य अवकाश पाएका छन् । ३० वर्षे सेवाहदका कारण आइतबारदेखि अवकाश पाएका हुन् ।
अवकास पाउनेहरूमा शैलेश थापा क्षेत्री, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरीबहादुर पाल, निरजबहादुर शाही, प्रध्युम्न कुमार कार्की र बसन्त कुमार पन्त रहेका छन् ।
त्यस्तै प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरु घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की, गणेशबहादुर ऐर, पुरुषोत्तम कंडेल, डा. देवबहादुर बोहरा, रामकृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी, शौरभ राणा र राजेन्द्रप्रसाद चौधरी सेवानिवृत्त भएका हुन् ।
त्यसैगरी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरु प्रदीपकुमार श्रेष्ठ, बिरेन्द्र बश्याल र नवराज भट्टले समेत तीसवर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाएका छन् ।
आईजीपी थापासहितका प्रहरी अधिकारी अवकाशमा जानेभएपछि थापाको ठाउँमा एआईजी धीरजप्रताप सिंहलाई आईजीपी बनाउने निर्णय सरकारले गरिसकेको छ ।