काठमाडौं । नेपाल प्रहरीको ९८ औं टोलिका १९ जना प्रहरी अधिकारीहरु अवकाशमा जाने भएका छन् । २०४९ बैशाख १९ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेस थापा क्षेत्रीसहित १९ जना उच्च अधिकारीहरुले तीसवर्षे सेवाहदको कारण आगामी साता (यहि बैशाख १८) बाट अनिवार्य अवकाश पाउदैछन् ।
प्रहरी महानिरीक्षक (आईजीपी) शैलेस थापा क्षेत्रीसहित चार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), एघार प्रहरी नायब महानिरीक्षक (डीआईजी) र तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुले अवकाश पाउने भएका हुन् ।
यहि बैशाख १८ मध्यरातदेखि प्रहरी महानिरीक्षक (आईजीपी) शैलेस थापा क्षेत्री, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरीबहादुर पाल, निरजबहादुर शाही, प्रध्युम्न कुमार कार्की र बसन्त कुमार पन्तले अवकाश पाउदैछन् ।
त्यस्तै प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरु घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की, गणेशबहादुर ऐर, पुरुषोत्तम कंडेल, डा. देवबहादुर बोहरा, रामकृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी, शौरभ राणा र राजेन्द्रप्रसाद चौधरी सेवानिवृत्त हुँदैछन् ।
त्यसैगरी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरु प्रदीपकुमार श्रेष्ठ, बिरेन्द्र बश्याल र नवराज भट्टले समेत तीसवर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउने भएका छन् ।