काठमाडौं । विभिन्न किसिमका लागूऔषधसहित १० जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
पर्सा जिल्लाको बिरगंज महानगरपालिका-१६ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी बल, नेपाल बिओपी बिरगंजबाट खटिएको सशस्त्र प्रहरीले बिभिन्न किसिमका लागुऔषधसहित चितवन जिल्लाको राप्ती नगरपालिका ७ बस्ने २४ बर्षिय करण गुरुङ्गलाई पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई शंका लागि जाँच गर्दा उनको साथमा डाईजापाम ३ वटा, नोफिन २ वटा र फेनारागन ७ वटा लागुऔषध फेला पारिएको हो ।
यसैगरी पर्सा जिल्लाकै बीरगंज महानगरपालिका-१६ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी बल नेपाल बिओपी बिरगंजबाट खटिएको सशस्त्र प्रहरीले नुवाकोट जिल्लाको झिलिङ्ग गाउँपालिका २ बस्ने २५ बर्षिय निरज पुडासैनीलाई नाईट्राजेपाम ट्याब्लेट ६० वटा र स्पाड्रोक्स ट्याब्लेट ३२ वटा सहित पक्राउ गरेको छ ।
त्यसैगरी झापा जिल्लाको भद्रपुर नगरपालिका-३ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी बल नेपाल बिओपी महेशपुरबाट खटिएको सशस्त्र प्रहरीले लुपिजेसिक १ सय ८९ एम्पुल र फेनारागन १ सय ३२ एम्पुलसहित भारतमा घर बताउने २७ बर्षिय फोगडा कुस्कु र २९ बर्षिया रिता मरण्डीलाई पक्राउ गरेको छ ।
यसैगरी मोरङ जिल्लाको उर्लाबारी नगरपालिका-४ स्थित आईतबारेबाट सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश उर्लाबारीबाट खटिएको सशस्त्र प्रहरीले ट्रमाडोल हाइड्रोक्लोराईड ट्याब्लेट २० वटा, स्पासपेन ट्याब्लेट २० वटा र नाईट्रोजेपाम ट्याब्लेट ३ वटा सहित सोही ठाउँ बस्ने २२ बर्षका बिशाल लिम्बु र कुमार राईलाई पक्राउ गरेको छ ।
त्यसैगरी सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी बल नेपाल बिओपी मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले ९० बोतल कोडील, १२ वटा नाईट्रोभेट ट्याब्लेट र २० बोतल कफ केयरसहित सोही जिल्लाको बागमति नगरपालिका बस्ने आकाश बल र जयराम मण्डललाई पक्राउ गरेको छ ।
यसैगरी कंचनपुर जिल्लाको पुनर्वास नगरपालिका ४ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी बल नेपाल फर्वाड सुरक्षा बेश कार्गिलडाँडाबाट खटिएको सशस्त्र प्रहरीले २ सय ५६ वटा नाईट्रोभेट ट्याब्लेटसहित कैलाली जिल्लाको गोदावरी नगरपालिका २ बस्ने १८ बर्षिय रोशन गुरुङ्ग र २३ बर्षिय भुवन भट्टराई लाई पक्राउ गरेको छ ।
से ६ प ३८९१ नम्बरको मोटरसाईकमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला पारिएको हो । त्यसबेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ ।
पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।