काठमाडौं । संखुवासभा, सल्यान, बैतडी, पर्सा र कञ्चनपुरका छुट्टाछुट्टै स्थामा भएको सवारी दुर्घटनामा पारी ५ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार संखुवासभा चैनपुर नगरपालिका-११ गहतेस्थित सडकमा को.२ त ४२९४ नम्बरको ट्याक्टर अनियन्त्रित भई करिब ७ मिटर तल खोल्सामा झरेर शनिबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-३ पोखरी बस्ने २४ वर्षीय बिनाहाङ लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर गाइते भएका उनको मनकामना अस्पताल तुम्लिङटारमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी सल्यान शारदा नगरपालिका-१ पट्नेरीस्थित सडकमा रा.४ प ९१७१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने २५ वर्षीय दिपेश डाँगीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कर्णाली अस्पताल श्रीनगर हुँदै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक सितलपाटी बस्ने २६ वर्षीय निरज सिंहको कर्णाली अस्पताल श्रीनगरमा उपचार भइरहेको छ ।
यसैगरी बैतडी दशरथ चन्द नगरपालिका-१० भाटलास्थित सडकमा सु.प.प्र ०१- ०० २ त ५५९८ नम्बरको ट्याक्टर पल्टिएर शनिबार राति दुर्घटना हुँदा चालक बर्दिया घर भएका ३१ वर्षीय अर्जुन थारुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी पर्सा ठोरी गाउँपालिका-३ स्थित सडकमा प्रदेश २-०३-००१ ह ६२८ नम्बरको अटो अनियन्त्रत भई पल्टिएर दुर्घटना हुँदा चालक सोही गाउँपालिका-४ बस्ने ३५ वर्षीय वीर बहादुर बिश्वकार्माको आइतबार बिहान घटनास्थमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य ३ जनालाई उपचारका लागि सोही गाउँपालिका-५ स्थित उन्नति मेडिकल सुवर्णपुर पठाइएको छ ।
यसैगरी कञ्चनपुर बेलौरी नगरपालिका-२ बैजुडाँडामा से.२ प ९६३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका-६ रिछाह बस्ने ३० वर्षीय हस्ते चौधरीको मृत्यु भएको छ । शुक्रबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढी कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।