काठमाडौं । झापा जिल्लाको मेचीनगर नगरपालिका-१० स्थित सीमा ईलाकाबाट आइतबार सशस्त्र प्रहरीले करीब १ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना समान बरामद गरेको छ ।
भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
त्यसैगरी सिरहा जिल्लाको नवराजपुर गाउँपालिका-५ स्थित सीमा ईलाकाबाट आइतबार सशस्त्र प्रहरीले करिब १ लाख ५२ हजार रुपैयाँ बराबरको ५२ सय किलो कवाडी फलाम र पुराना व्याट्री बरामद गरेको छ ।
स१च १५३५ नम्बरको पिकअप गाडीमा राखेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र नम्बर ६ गण सिरहाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त पिकअप गाडीसमेत बरामद गरीएको छ । सो गाडीको भन्सार दाखिला मुल्य १० लाख रुपैयाँ रहेको छ ।
यसैगरी बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका-१६ स्थित चौलिका चोक ईलाकाबाट आइतबार सशस्त्र प्रहरीले करीब १ लाख रुपैयाँ बराबरको जुत्ताचप्पल तथा किराना सामानहरु बरामद गरेको छ ।
भारतबाट अबैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण बाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
त्यसैगरी झापा जिल्लाको मेचीनगर नगरपालिका-१० स्थित सीमा ईलाकाबाट आइतबार सशस्त्र प्रहरीले करीब १ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना समान बरामद गरेको छ ।
भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।