जाजरकोट । प्रहरी र समुदायबीच मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटको आयोजनामा सञ्चालन गरिएको खुल्ला ब्याडमिन्टन प्रतियोगिता मंगलबार सम्पन्न भएको हो ।
कार्यगत एकता, सेवाभाव, पारस्पारिकता, सहअस्तित्व, सहयोगी भावना, मेलमिलाप, र समुदाय प्रतिको उत्तरदायित्व उदेश्यका साथ उक्त प्रतियोगिताको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु कुमार थापाले जानकारी दिए ।
उक्त प्रतियोगितामा प्रथम स्थान शेरजङ्ग चन्द र राज बहादुर चौधरीले प्राप्त गरेका थिए भने द्वितीय होमलाल नेपाली र महेन्द्र थापाको टिम, तृतीय मधु कुमार थापा र महेन्द्र भडेल क्रमशः नरेश भण्डारी र सन्तोष दर्लामी मगर भएका थिए ।
नेपाल प्रहरीको समुदाय-प्रहरी साझेदारी कार्यक्रम मार्फत नागरिक र पूर्व प्रहरी कर्मचारीको तर्फबाट महत्वपूर्ण योगदान गर्ने स्थानीय कृष्ण मल्ल, जनक भडेल, र पूर्व प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर शाही लाई प्रशंसा पत्रबाट सम्मानित गरिएको थियो ।
त्यस्तै प्रहरी निरीक्षक खुमानन्द पाण्डे र प्रहरी नायब निरीक्षक जीत बहादुर चौधरी समेत लाई प्रशंसा पत्रबाट सम्मानित गरिएको थियोे ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । उक्त प्रतियोगिता गत आइतबार र सोमबार सञ्चालन भएको थियो ।