बाजुरा । बाजुराको त्रिबेणी नगरपलिका-८ कालापानीका २४ वर्षीय प्रभु गिरीको हत्यामा संलग्न मुख्य योजनाकार १६ बर्षपछि प्रक्राउ परेका छन् ।
घटनाको १६ बर्षपछि भरत गिरीलाई भारतबाट प्रक्राउ गरेर ल्याएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख (डीएसपी) चर्तुभुज ओझाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यलय बाजुराले पत्रकार सम्मेलन मार्फत सो घटनाको मुख्य योजनाकार भरत गिरी रहेको जनाएको छ ।
इन्टरपोल संगको समन्वय तथा भारतिय प्रहरीको सहयोगमा भारतको उत्तराखण्ड पक्राउ गरेर नेपाल ल्याएको हो । उनि १६ बर्षदेखी भारतमा लुकिछिपि बसिरहेको थिए । घटनामा संलग्न अन्य ९ जना भने जेल भुक्तान गरिसकेको प्रहरीले जनाएको छ ।
२०६३ माघ १० गते प्रभुलाई रुखमा डोरीले बाँधि साईकलो चैन, लाठि, मुग्रा, ढुङ्गा प्रहार गरी हत्या गरेर गहु बारीमा शव छोडेका थिए ।
भरतले काकाको छोरी नाता पर्ने सँग अनैतिक सम्बन्ध राखेको अबस्थामा प्रभु गिरीले रंगेहात भेटेपछि भरतले प्रभुलाई हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत बाजुराले २०६८ माघ ४ गते भरत गिरीलाई सर्वश्व सहति जन्म कैदको फैसला गरेको थियो । त्यस्तै पुनरावेदन अदालत दिपायलले पनि सोही फैसला सदर गरेको थियो । सर्वोच्च अदालतले भने २०७० भदौ २१ गते जन्म कैदको फैसला ठहर गरेको थियो ।
भारतमै पुगेर लुकिछिपि बसेको अबस्थामा १६ बर्षपछि अपराधि पक्राउ परेपछि पिडीत परिवारले न्याय पाएको महशुस भएको बताएका छन् ।