काठमाडौं । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका-२ फत्तेपुर ईलाकाबाट शुक्रबार सशस्त्र प्रहरीले ५४ वटा नाईट्रोभेट ट्याब्लेट र करीव १० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २१ बर्षिय सुजन चौधरी र २० बर्षिय प्रविण थापा छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश फत्तेपुरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला पारेको हो ।
यसैगरी सर्लाही जिल्लाको मलंगवा नगरपालिका-९ स्थित पिपलबोट ईलाकाबाट शनिबार सशस्त्र प्रहरीले करीब ५ सय ५५ वटा नाईट्रोजेपाम ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सर्लाही जिल्लाको लालबन्दी नगरपालिका-६ बस्ने २२ बर्षिय दिपेश बिक र १९ बर्षिय सन्तोष बिक छन् । उनीहरुलाइ सशस्त्र प्रहरी बल, नेपाल बिओपी मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला पारेको हो ।
यसैगरी मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६ स्थित सीमा ईलाकाबाट शनिबार सशस्त्र प्रहरीले ६ बोतल डाईलेक्स र २ बोतल एसकुफ सहित सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका-७ बस्ने ४० बर्षिय कृष्ण कुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।
मोटरसाइकलमा सवार उनलाई सशस्त्र प्रहरी बल, नेपाल बिओपी रानीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । त्यसवेला उक्त मोटरसाईकलसमेत बरामद गरिएको छ ।
यसैगरी कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका-४ स्थित आँपताल सीमा ईलाकाबाट शुक्रबार सशस्त्र प्रहरीले करीव ३० वटा नाईट्रोभेट ट्याब्लेटसहित कैलाली जिल्लाको धनगढी उपमहानगपालिका-१३ बस्ने २४ बर्षिय मुकेश रानालाई पक्राउ गरेको छ ।
सु.प्र.प. ०१००८ प ११३३ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज रानालाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश आँपतालबाट
खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । त्यसवेला सो मोटरसाइकलसमेत बरामद गरिएको छ ।
पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।