काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाको सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले काठमाडौंको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट २ वटा मोटरसाइकलसहित २ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा सुर्खेत विरेन्द्रनगर घर भई चावहिल बस्ने २३ वर्षीय सौरभ महतरा र सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका बस्ने १८ वर्षीय समिर तामाङ रहेका छन ।
गोकर्णेश्वरबाट पक्राउ परेका तामाङको साथबाट बास्तबिक नम्बर परिबर्तन गरि बा.प्र.-०२,०२५ प १३१८ नम्वर हालेको अबस्थामा कालो रातो रंङको २२० सीसीको पल्सर मोटरसाइकल समेत बरामद गरेको ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीले जानकारी दिए ।
अनुसन्धान पश्चात बास्तबिक नम्बर बा.प्र.-०२, ०२९ प ५२०९ भएको उक्त मोटरसाइकल गत शुक्रबार गते भक्तपुर निलबाराहीबाट हराएको खुलेपछि मोटरसाइकल धनी भक्तपुर बस्ने रामचन्द्र नेपाललाई सम्पर्क गरेको उनले बताए ।
तामाङलाई थप अनुसन्धान एवं कारबाहीको लागी महानगरीय प्रहरी बृत्त ठिमी पठाइएको महाशाखाले जनाएको छ ।
त्यसैगरि ललितपुरको सानेपाबाट बा ९८ प ७९६१ नम्वरको कालो सेतो रंङको २०० सीसीको डुकमोटरसाइकलसहित सुर्खेतका महतरालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । महतराले उक्त मोटरसईकलको बास्तबिक नम्बर प्लेट भने परिबर्तन गरेका थिए ।
तार्केश्वरका प्रज्वल बोगटीको बास्तबिक नम्बर बा ९९ प ४८८२ भएको उक्त मोटरसाईकल काठमाण्डौं स्थित भृकुटीमण्डपबाट हराएको भनि ट्राफिक प्रहरी महाशाखामा हुलिया निवेदन दिएका थिए ।
मोटरसाईकल सहित पक्राउ परेका महतरालाई चोरी मुद्दा अनुसन्धान एव कारबाहिका लागी महानगरीय प्रहरी बृत्त सिंहदरबार पठाइएको महाशाखाले जनाएको छ ।