डोटी । डोटीका प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिस्ट र प्रहरी प्रमुख एसपी दान बहादुर मल्ल तपाईको माक्स खोई ? भन्दै सडकमा उत्रिएका छन् ।
कोरोना भाइरसको संक्रमण दिनानुदिन बढीरहेको अवस्थामा प्रमुख जिल्ला अधिकारी बिष्ट माक्सको अअनिवार्य प्रयोग गर्न निर्देशन जारी गर्दै मुख्य ब्यापारीक केन्द्रहरुको अनुगमन गर्नुका साथै तपाईको माक्स खोई ? अभियानलाई तिब्रता दिएका छन् ।
प्रजिअ बिस्टले भने डोटीमा तपाईको माक्स खोई ? अभियानको सुरुवात भएको छ यसलाई ग्रामीण क्षेत्रमा पनि निरन्तरता दिने बताए । कुनै पनि ब्यक्ति बिना माक्स, स्वास्थ्यका मापदण्ड पुरा नगरि हिडडुल गर्न, सेवा प्रदाएक निकाएमा पनि सेवा लिन र दिन नपाईने बताए । यदी कुनै पनि ब्यक्तिले स्वास्थ्यका मापदण्ड बिना सेवा लिने र दिने कार्य गरेमा कारबाही गरिने समेत बताए ।
पछिल्लो समयमा नेपाल प्रहरीले पनि यातायातका साधनहरु लाई कडाईका साथ चेकजाँच र स्वास्थ्यका मापदण्ड पुरा गर्न निर्देशित गरिरहेको डोटीका प्रहरी प्रमुख एसपी दान बहादुर मल्लले बताए । उनले भने 'हामी स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न सबैलाई सम्झाई बुझाई गरिरहेका छौ, नियमीत गाडीको अनुगमन गरिरहेका छौ यात्रा गर्ने यात्रुहरुले पनि सचेत रहनु पर्ने बताए ।'
बिहीबार प्रजिअ बिस्ट र एसपी तपाईको माक्स खोई ? भन्दै सडकमा अनुगमनमा उत्रीएपछि यताउता हिडडुल गर्ने ब्यक्तीहरु र ब्यापारीहरुले हतार हतारमा माक्सको प्रयोग गरिएको जहाँतही देखिन्थे ।
युनीसेफको सहयोगमा बास नेपालले संयोजक तथा स्वास्थ्य सामाग्रि सहयोग गरेको माक्स खोई अभियानमा १ हजार २ सय माक्स, २०० वटा तपाईको माक्स खोई, माक्स बिना प्रबेश निषेध, माक्स बिना कुराकानी निषेघ पोष्टर र १० वटा फ्ल्यास प्रीन्टहरु विभिन्न चोकहरुमा झुन्डाईएको बास नेपालका कार्यक्रम अधिकृत गणेश मौनीले बताए ।
प्रजिअ बिस्ट संगै अभियानमा जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी दान बहादुर मल्ल शसन्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वाटर डोटीका प्रमुख एसपी हर्क सिह बिस्ट, उद्योग बाणीज्य संघ, नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ,नागरिक समाज, राजनितीक दल,सुरक्षाकर्मि, पत्रकार, ब्यापारीहरु लगाएको सहभागिता रहको थियो ।