काठमाडौं । बाँके, बाजुरा, रुपन्देही, उदयपुर, बारा, धनुषा र कैलालीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बाँके कोहलपुर नगरपालिका-८ पिपिरीस्थित सडकमा भे.४ प ८१५१ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री कोहलपुर नगरपालिका-१ कौशिलानगर बस्ने ७० वर्षीय श्रीराम जैशीको बुधबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएको उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकलले उक्त साइकललाई ठक्कर दिँदा सोही दिशाबाट जाँदै गरेको भे.१ त ५८१६ नम्बरको ट्याक्टरले पछाडीबाट पुन साइकललाई ठक्कर दिँदा जैशी गम्भीर घाइते भएका थिए । मोटरसाइकल र ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी बाजुरा हिमाली गाउँपालिका-६ धुलाचौर बजारमा सु.प.प्र.०१ ००१ ज ११६४ नम्बरको जिपको ठक्करबाट हिमाली गाउँपालिका-६ पाडी घर भई धुलाचौर बजारमा होटल ब्यवसाय गरी बस्ने बिर्ख रोकायाको छोरा २ वर्षीय अंकित रोकायाको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी रुपन्देही सियारी गाउँपालिका-७ अमुवास्थित भित्री सडकमा लु.२ ख ७६६ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय ओम बहादुर कार्कीको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने टिपर र चालकलाई तिलोत्तमा नगरपालिका-१४ मंगलपुरचोकबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी उदयपुर चौदण्डिगढी नगरपालिका-३ हात्तिसारस्थित भित्री सडकमा फत्तेपुरबाट रामपुरतर्फ जाँदै गरेको प्र २- ०३-००९ प ४८४१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सप्तरी मौहुली बस्ने २५ वर्षीय बिजय घतानीको उपचारको लागि घोपा धरान पठाइएको छ ।
यसैगरी बारा जितपुरसिमरा उपमहानगरपालिका-१ टेलिकम नजिकै सडकमा विकाससिल चोकबाट सिमरातर्फ जाँदै गरेको ना.२ ह ५३१६ नम्बरको अटो आफै अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा अटोमा सवार सोही ठाउँ बस्ने रविन कार्कीको छोरी १३ दिनकी शिशु इभा कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको अल्पाईन अस्पताल सिमरामा हुँदै थप उपचारको लागि ब्योधा अस्पताल वीरगंज लैजाने क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी धनुषा औरही गाउँपालिका-१ झिटकैयास्थित भित्री सडकमा स.११ प २५७० नम्बरको मोटरसाइकल र ज.६ प २३७८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा स.११ प २५७० नम्बरको मोटरसाइकल चालक २१ वर्षीय राकेश पण्डितको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर हुँदै थप उपचारको लागि न्यूरो अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार ४ जनाको जानकी हेल्थ केयरमा उपचार भइरहेको छ ।
यसैगरी कैलाली टिकापुर नगरपालिका-१ बनगाउँ दक्षिण पुरुवास्थित भित्री सडकमा से.१ त २१७० नम्बरको ट्याक्टरबाट लडेर जानकी गाउँपालिका-६ जगतपुर बस्ने २७ वर्षीय अम्मर चौधरीको बुधबार राति मृत्यु भएको छ । ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।