काठमाडौं । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको यही साउन १ गतेदेखि लागू हुनेगरी तलब वृद्धि भएको छ । सरकारले यो वर्ष सबै पदमा समान रूपमा २ हजार रुपैयाँ तलब बढाएको हो ।
नेपाली सेना
यही साउन १ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको तलब वृद्धि भएको छ । सरकारले यो वर्ष सबै पदमा समान रूपमा २ हजार रुपैयाँ तलब बढाएको छ ।
सेनाको दर्ज्यानी चिह्नविहीन फलोअर्सले अब २१ हजार ४८० पाउने छन् । रिकूटको तलब पनि फलोअर्स बराबर छ । यसअघि उनीहरूको तलब मासिक १९ हजार ४८० रूपैयाँ मात्र थियो ।
हेर्नुहोस् प्रधान सेनापतिसम्मको तलब सूची
नेपाल प्रहरी
यही साउन १ गतेदेखि नेपाल प्रहरीको नयाँ तलब तोकिएको छ । सरकारले यो वर्ष सबै पदमा समान रूपमा २ हजार रुपैयाँ तलब बढाएको छ ।
नयाँ तलबमान अनुसार सबैभन्दा धेरै तलब प्रहरी महानिरीक्षक (आईजीपी) को ६६ हजार ८ सय ६० रुपैयाँ र सबैभन्दा थोरै रिक्रुटको २१ हजार ४ सय ८० रुपैयाँ तलब कायम गरिएको छ ।
हेर्नुहोस् प्रहरी महानिरीक्षकसम्मको तलब सूची
सशस्त्र प्रहरी
यही साउन १ गतेदेखि सशस्त्र प्रहरीको नयाँ तलब तोकिएको छ । सरकारले यो वर्ष सबै पदमा समान रूपमा २ हजार रुपैयाँ तलब बढाएको छ ।
नयाँ तलबमान अनुसार सबैभन्दा धेरै तलब सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) को ६६ हजार ८ सय ६० रुपैयाँ र सबैभन्दा थोरै रिक्रुटको २१ हजार ४ सय ८० रुपैयाँ तलब कायम गरिएको छ ।
हेर्नुहोस् सशस्त्र प्रहरी महानिरीक्षकसम्मको तलब सूची