सुर्खेत । कर्णाली प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश बहादुर ऐरले मातहतका युनिटलाई आठवटा बिषयमा आन्तरिक निर्देशन दिएका छन् ।
शुक्रवार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट मातहतका १० वटा जिल्ला प्रहरी कार्यालय, तालिम केन्द्र, गण तथा प्रदेश ट्राफिक प्रहरी कार्यालय लगायतका मातहतका युनिटहरुलाई भर्चुअल माध्यमबाट निर्देशन दिएका डीआईजी ऐरले विभिन्न आठ बिषयमा लिखित सर्कुलर जारी गरेका छन् ।
गृहमन्त्रालयले यहि असार सात गते गरेको डीआईजी सरुवामा डीआईजी ऐरलाई कर्णाली प्रदेश प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी दिएको थियो । असार १७ गते बिहीवारदेखि कर्णाली प्रदेश प्रहरी प्रमुखको कार्यभार सम्हालेका डीआईजी ऐर यस अगाडी नेपाल प्रहरी प्रधान कार्यालयको प्रदेश प्रहरी समन्वय निर्देशनालयमा कार्यरत थिए ।
यस्तो छ कर्णाली प्रदेश प्रहरी प्रमुखको लिखित निर्देशन:
अनुशासन
१ ) प्रहरी एउटा अनुशासित संगठन हो । के गर्ने के नगर्ने भन्ने कुरा नियमावलीमा नै प्रष्ट लेखिएको छ ।
२ ) कानून कार्यन्वयन गर्ने निकाय भएकाले हामी अझ बढि अनुशासित र जिम्मेवार बन्नुपर्ने ।
३ ) Personal hygiene मा विषेश ध्यान पुर्याउनुहोस् । कपाल, दाह्री, टर्न आउट दुरुस्त हुनु पर्ने ।
४ ) प्रहरीको सानो गल्ति कमजोरी पनि बढि हाईलाईट हुने भएकाले यस तर्फ सबै सजक र सतर्क रहनु पर्ने ।
आचरण व्यवहार
१ ) सत्य सेवा सुरक्षणम्को मुल मर्मलाई आत्मबाटै महसुस गर्नु पर्ने ।
२ ) विचार गर्नुहोस् जनता मालिक हुन् र हामी सेवक हौं, हामी पनि एक दिन त्यही समाजमा फर्कनु पर्ने भएकाले जनताको ठाँउमा आफु र आफ्नो परिवार भएको महसुस गर्नुहोस् र सोही अनुसार व्यवहार गर्नु पर्ने ।
Response
१ ) कुनै पनि घटना तथा समस्या परेको खबर प्राप्त हुना साथ जति सक्दो छिटो Response गर्ने ।
२ ) पिडितको कुरा ध्यान दिएर मात्र सुन्दा पनि ५० प्रतिशत समस्या हल हुन्छ र पिडितले पिडाबाट केही राहत पाएको महशुस गर्छन् ।
हिरासत व्यवस्थापन
१ ) कानूनी प्रक्रियाको पूर्ण रुपमा पालना गरेर मात्र पक्राउ गर्ने र थुनामा राख्ने ।
२ ) हिरासतमा थुनुवाले प्राप्त गर्ने आधारभुत सेवा सुविधामा विशेष ध्यान दिने ।
३ ) कतिपय ठाउँमा हिरासतको कमजोर सुरक्षा व्यवस्थापनले गर्दा थुनुवाहरू भाग्ने/उम्कने गरेको पाईएकोले यस्ता लापरवाही कही कतैबाट पनि नहोस् ।
४ ) हिरासतमा बस्ने व्यक्तिको मानव अधिकारको विशेष ख्याल राख्ने र मानवोचित व्यवहार गर्ने, विचार गर्नुहोस् सबै हिरासतमा आएका व्यक्ति अपराधी हुदैनन् ।
Police Mobilization
१ ) आफ्ना जनशक्ति व्यवस्थित तवरले परिचालन गर्ने ।
२ ) पिकेट, गस्ति, QRT परिचालन गरी Police movement बढाई हुन सक्ने अपराध न्यूनिकरण गर्ने ।
३ ) जनतामा सुरक्षाको प्रत्याभूति दिलाउन Proactive Policing लाई विशेष जोड दिने
Team Work
१ ) समग्र शान्ति सुरक्षा कुनै एक जनाको पहलले मात्र सम्भव हुदैन, सबैलाई आ-आफ्नो जिम्मेवारी बोध गराउने र एक अर्कामा सद्भाव र प्रेमको वातावरण कायम गर्ने ।
२ ) आफु तथा मातहतमा परेका समस्या सुन्ने, मिटिङ बस्ने तथा सामुहिक निर्णयलाई प्राथमिकता दिने ।
गुनासो व्यवस्थापन
१ ) आफ्ना मातहतका पिरमर्का तथा गुनासाको समयमै सम्बोधन गर्ने ।
२ ) सबैलाई समान व्यवहार, अवसरमा समान पहुँच, प्रहरी कर्मचारीले प्राप्त गर्ने सेवा सुविधामा समान वितरणको सुनिश्चितता गर्ने ।
३ ) मातहत कर्मचारीहरूको अभिभावकको भूमिका निर्वाह गर्ने ।
कानूनको पालना
१ ) कानूनका दृष्टिले सबै समान छन् ।
२ ) प्रहरी काम कारवाही कुनै पनि ढंगबाट पुर्बाग्राही हुनु हुदैन ।
३ ) मिठो बोल्नुहोस्, शालिनताका साथ प्रस्तुत हुनुहोस् तर नियम अनुसार जे गर्नु पर्ने हो त्यही मात्र गर्ने ।
वर्षातको समय छ , विपद व्यसव्थापन टोली Stand By राख्नुहोस् । विपदका घटनामा आफुपनि सुरक्षित भई जनताको सेवामा लाग्ने ।
कोभिड -१ ९ को महामारी अझै पनि पुर्णरुपमा नियन्त्रण नभएकाले आफु र मातहत समेत स्वास्थ्य मापदण्डको पालना गरी सुरक्षित रहने ।
अन्तमा घर परिवार देखी टाढा रहि कर्तव्य पालनाको सिलसिलामा यहाँ कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई धेरै धेरै धन्यवाद छ र उच्च मनोवलका साथ विवाद रहित तवरले कार्य सम्पादन गर्न हुनु समेत अनुरोध ।