काभ्रे । नवनिर्मित ईलाका प्रहरी कार्यालय बनेपा र प्रहरी चौकी फलामेटारको नवनिर्मित भवनहरुको उद्घाटन भएको छ ।
प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको आर्थिक सहयोगमा निर्मित भवनहरु मध्ये दुई वटा प्रहरी ईकाईहरुको समुदघाटन सम्पन्न भएको हो ।
शुक्रबार आयोजित अनौपचारिक विशेष कार्यक्रमबिच ईलाका प्रहरी कार्यालय बनेपाको नव-निर्मित भवनको बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका माननीय मन्त्री केशवराज पाण्डेको प्रमुख आतिथ्यमा उद्घाटन सम्पन्न भएको हो । ईलाका प्रहरी कार्यालय बनेपाको मु.अ.कर सहित ३ करोड ४७ लाख ५३ हजार ८ सय ९ रुपैंयाँ लागतमा उक्त भवन निर्माण सम्पन्न भएको हो ।
ईलाका प्रहरी कार्यालय बनेपामा आयोजित भवन उद्घाटन कार्यक्रममा बामगती प्रदेश सभाका सदस्य माननीय लक्ष्मण लम्साल, माननीय बसुन्धरा हुमागाई, माननीय चन्द्र लामा, माननीय गोमा भुर्तेल, बनेपा नगरपालिकाको नगर प्रमुख तथा उप–प्रमुख, धुलिखेल नगरपालिकाको उप-प्रमुख, काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामा, संघिय प्रहरी ईकाई कार्यालय काभ्रेका प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशी, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, बनेपा न.पा. वडा नं.८ र ९ का वडाध्यक्षहरु समेतको उपस्थिती रहेको थियो ।
प्रहरी चौकी फलामेटार काभ्रेको नव-निर्मित भवनको पनि शुक्रबार नै बामगती प्रदेश प्रहरी कार्यालय हेटौडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाबाट विद्युतिय (भर्चुअल) माध्यमद्धारा उद्घाटन भएको छ ।
सो उद्घाटन कार्यक्रममा खानीखोलागाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष लगायत स्थानियहरुको उपस्थिती रहेको थियो । समुदघाटन सम्पन्न भएको प्रहरी चौकी फलामेटारको मु.अ.कर सहित २ करोड २९ लाख १७ हजार ९ सय २१ रुपैंयाँ लागतमा निर्माण सम्पन्न भएको हो ।