काठमाडौं । देशका विभिन्न स्थानमा ८ जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-२६ डेरा गरी बस्ने काभ्रेपलाञ्चोक भुम्लो गाउँपालिका-५ घर भएकी २६ वर्षीया सुमीत्रा पहरी आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छन ।
यसैगरी तनहुँ ब्यास नगरपालिका-५ पाटन पराशर मन्दिर नजिकै हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी धादिङ धुनिवेशी नगरपालिका-९ काफलटार सिम्ले गैरीस्थित बारीको पाटामा रोल्पा माडी गाउँपालिका-५ घर भएका २८ वर्षीय टिकाराम घर्तीमगर शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी ओखलढुंगा मानेभञ्याङ गाउँपालिका-९ माधपुर बस्ने ७९ वर्षीय पहल बहादुर मगर सोही गाउँपालिका-७ स्थित भीरबाट लडेर मृत्यु भएको अवस्थामा शुक्रबार फेला परेका छन् ।
यसैगरी लमजुङ मध्यनेपाल नगरपालिका-७ सिसौघारीस्थित मादी नदीको किनारामा कास्की रूपा गाउँपालिका-७ माझ गाउँ बस्ने ७६ वर्षीया सुकमाया विक शनिबार मृत अवस्थामा फेला परेकी छन् ।
यसैगरी कास्की पोखरा महानगरपालिका-३१ वेगनास तालमा सोही महानगरपालिका-२६ जलधारे बस्ने ३१ वर्षीय निराजन ढुङगाना शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी अर्घाखाँची भूमिकास्थान नगरपालिका-१ स्थित खोल्सामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी धादिङ खनियाबास गाउँपालिका-४ दार्खाफेदीस्थित आखुखोलाको बिच भागमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।