गणेश मौनी । जिल्ला प्रशासन कार्यालय डोटीमा बिहीबार बसेको जिल्ला कोरोना संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैंठकले डोटीमा जेठ १५ गते सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।
निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा बाहेकका अन्य यातायातका सम्पूर्ण साधन बन्द गरिने, बिभिन्न भेला, महोत्सव, सभा समारोह गर्न नपाईने, खाद्यान्नका पसलहरु नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गरि बिहान ६ बजे देखि ९ बजे सम्म र बेलुका ५ बजे देखि ७ बजे सम्म मात्र खोल्न पाईने लगाएतका विभिन्न निर्णय गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए ।
प्रजिअ खनालले कोरोना भाइरस संक्रमण दिनानु दिन बढीरहेको समयमा यसबाट सुरक्षित रहन निषेधाज्ञा सबै भन्दा उत्तम बिकल्प रहेको बताए । उनले डोटीबासीलाई आग्रह गर्दै प्रशासनले गरेको लकडाउन हामीहरुको लागि हो यसको पुर्ण पालन गर्नु र पालना गराउनु हामीसबैको दायीत्व हो भनेर सोच्नुपर्ने समेत बताए । प्रशासनले गरेको निषेधाज्ञालाई बेवास्ता गरि छलेर बिना काम बाहीर हिडडुल गर्न खोज्नु भनेको आफु, आफ्ना घरपरिवार र समाजको लागि जोखिम उठाउनु भएकोले बिनाकाम घरबाहीर नसिस्कीन समेत आग्रह गरेका छन् । निषेधाज्ञालाई डोटीमा कडाईका साथ लागु गरिने समेत प्रजिअ खनालले बताए ।
डोटीमा पछिल्लो समयमा स्थानिय तहहरु कोरोना भाइरस संक्रमणबाट बच्च र भारतबाट आएकाहरुलाई चेकजाँच गर्न सक्रियता बढाईरहेका छन् । हाल डोटीमा स्थानियतह र तथा निजी तथा सामुदायीक अस्पतालले अक्सीजन सहितको ७३ वटा आइसोलेसन बेड निमार्ण गरि संचालनमा ल्याईसकेका छन् भने निमार्ण गर्ने क्रमलाई तिब्रता दिएको देखिन्छ ।
बैशाख महिना यता बुधबार सम्म जिल्लामा भारत बाट एक सय २६ जना महिला र एक हजार आठ सय ८१ जना पुरुष गरि दुई हजार सात जना डोटीमा भित्रीएका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपररीक्षक दान बहादुर मल्लले बताए । उनले भने भारतको नाकाबाट नेपाल प्रबेश गरिसकेपछि कुन कुन जिल्लाको कति संख्यामा छ भनेर संख्या एकिन गरि सम्बन्धीत जिल्लामा पठाउने गरेको समेत बताए ।
डोटीको प्रबेशद्धार जोरायल गाउँपालिका वडा नम्बर २ बुडर र बडीकेदार गाउँपालिका वडा नम्बर १ बिपीनगरमा स्वास्थ्य सचेतना सहितको रेकर्ड राख्ने गरेको समेत प्रहरी उपररीक्षक मल्लले बताए ।
बैशाख महिनामा मात्र डोटी जिल्लामा पाँच सय १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जस मध्य बिहीबार सम्म चार सय जना संक्रिय संक्रममीत रहेका छन । जसमा तिन सय ८१ जना होम आइसोलेसनमा रहेका छन भने १९ जनाको जिल्लाका विभिन्न स्थानमा निमार्ण गरिएका आईसोलेसन बेडमा उपचार भईरहेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । हाल सम्म डोटीमा कोरोना भाईरस संक्रमणबाट तिन जनाले ज्यान गुमाएका छन् ।
डोटीमा पहिलो चरणमा बैशाख २१ गते बैशाख ३१ गते सम्मको लागि निषेधाज्ञा गरिएको थियो ।
हेर्नुहोस् सूचना: