काठमाडौं । यात्रुसँग तोकिएको भन्दा दोब्बर बढि भाडा लिने दुई जनालाई कलंकी र बसपार्कबाट ट्राफिक प्रहरीले पक्राउ गरको छ ।
उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात बैदेशिक रोजगारबाट घर फर्किने र जरुरी कामका सिलसिलामा उपत्यका बाहिरका जिल्ला जाने यात्रुहरुसँग बढि भाडा लिई ठगी गर्ने पक्राउ परेका हुन ।
यसरी पक्राउ पर्नेमा सप्तकोशी काउन्टर कलंकीमा काम गर्ने बाराका ४१ बर्षिया हृदय नारायण साह रहेका छन । साहले ना६ख ५०६७ नम्बरको बसमा कलैया जाने यात्रुसँग तिन गुणासम्म बढि भाडा लिएका थिए ।
त्यस्तै गंगबुबाट बर्दियाका ३५ बर्षिया कृष्ण चौधरीलाई समेत आज ट्राफिक प्रहरीले पक्राउ गरी प्रहरी बृत्त बालाजुमा बुझाएको छ । चौधरीले बर्दिया जाने यात्रुहरुसँग प्रति ब्यक्ति पच्चीस सयदेखी तिन हजारसम्म लिने गरेका थिए । उनले ना७ख ४९२० नम्बरको बस मार्फत बर्दिया जाने यात्रुसँग बढि भाडा लिएको पाइएपछि पक्राउ गरेको महाशाखाले जनाएको छ ।
दैनिकजसो बढि भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्नहरुलाई निग्रानी गरि हालसम्म महाशाखाले अठ्ठाइस जनालाई पक्राउ गरि कारबाहिको दायरामा ल्याएको महाशाखाले जनाएको छ ।
महाशाखले निषेधाज्ञा लागु भएपश्चात बढि भाडा लिई यात्रु ठग्ने बिरुद्ध कारबाही अभियान संचालन गरि छुट्टै डेडिकेटेड टिम समेत परिचालन गरेका छौं । टोलीले सुचना संकलन गर्ने, निग्रानी गर्ने, यात्रु बनी भाडा बार्गेनिङ्ग गर्ने, गोप्य रुपमा बुझ्ने र यात्रु ठग्नेलाई पक्राउ गर्ने गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।
हामी निरन्तर अनुगमन एवं गोप्य निग्रानी गरिरहेका छौं, तोकिएको भन्दा बढि भाडा लिएको पाइए जोसुकैलाई नियन्त्रणमा लिन्छौं, पछिल्लो समय काउन्टरका कर्मचारी तथा बुकिङ स्टाफहरु समेत बढि भाडा लिएको कसुरमा पक्राउ परेका एसएसपी भट्टराईले जानकारी दिए ।
निषेधाज्ञा पश्चात गंगबु बसपार्क, कलंकी, कोटेश्वर र गौशाला क्षेत्रबाट यसरी यात्रु ठग्नेलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।