गणेश मौनी । डोटीमा बैशाख २१ गते राति १२ बजे देखि लागु हुनेगरि बैशाख ३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बैंठकले निषेधाज्ञा गर्ने निर्णय गरेको डोटीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुनिल खनालले बताए । निषेधाज्ञा कडाईका साथ लागु हुने पनि प्रजिअ खनालले बताए ।
निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा बाहेकका अन्य यातायातका सम्पूर्ण साधन बन्द गरिने, खाद्यान्नका पसलहरु नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालनागरि बिहान ६ बजे देखि ९ बजे सम्म र बेलुका ५ बजे देखि ७ बजे सम्म खोल्न पाइने उनले बताए ।
डोटी जिल्लामा हुन गइरहेको निषेधाज्ञालाई पूर्ण रुपमा पालना गर्न सरोकारवाला निकाएको पनि महत्वपूर्ण भूमिका रहेको समेत प्रजिअ खनालले बताए ।
दुई वटा नगरपालिका र सात वटा गाउँपालिका रहेको डोटीमा हाल संक्रीय संक्रमितको संख्या दुई सय एक जना रहेका छन् ।
जसमा हाललाई एक सय ८७ जना होम आईसोलेसनमा रहेका छन् भने र १४ जनाको सामान्य उपचार भईरहेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । हाल सम्म निको भईसकेका र मृत्यु भईसकेको एक जना पनि रहेको छैन् ।
डोटीमा भारतबाट आउनेको संख्या पनि दिनानुदिन बढीरहेको छ । स्थानियबासीले भारतबाट आउनेको कोरोना परिक्षण पश्चात् मात्र घर पठाउनु पर्ने बताईरहेका छन् । तर यसरी भारत तथा अन्य बाहिरी मुलुकबाट आउनेहरुलाई क्वारेन्टाईनमा ब्यवस्थापन गरी कोरोना परिक्षण पश्चात् घर पठाउने कार्य स्थानीय सरकारले गरेको देखिदैन् ।
कोरोना संक्रममणको चेकजाँचको दायरा बढाउनुपर्ने सम्बन्धीत क्षेत्रका बिज्ञहरुले पनि सुझाब दिएका छन् ।
यस्तो छ जिल्ला प्रशासन कार्यालय डोटीको विज्ञप्ति: