काठमाडौं । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) मा कार्यरत प्रहरी निरीक्षक सुदर्शन पन्थी र प्रहरी नायव निरीक्षक वीरेन्द्र सिंह जोहारी Asia Environmental Enforcement Awards 2020 (एशिया इन्भाराेमेन्ट इन्फाेर्समेन्ट अवार्ड २०२०) अन्तर्गत Impact विधामा पुरस्कृत भएका छन् ।
United Nations Environment Programme अन्तर्गत The United Nations Development Programme, United Nations Office on Drugs and Crime, INTERPOl, CITES, World Customs Organization को सहयोग तथा साझेदारीमा अर्न्तदेशीय वातावरणीय अपराध बिरुद्दको Integrity, Impact, Innovation र Collaboration समेतका विधामध्ये Impact विधामा व्यूरोको वातावरण तथा वन्यजन्तु अपराध हेर्ने पिलरमा कार्यरत उनिहरु पुरस्कृत भएका हुन् ।
United Nations Conference Centre in Bangkok बाट गत फागुन ५ गते भर्चुअल प्रोग्राममार्फत उक्त अवार्ड उनिहरुलाई प्राप्त भएको घोषणा गरिएकोमा केन्द्रीय अनुसन्धान व्यूरोमा बुधबार आयोजित कार्यक्रमबीच सोही ब्यूरोका निर्देशक प्रहरी नायव महानिरीक्षक सहकुल बहादुर थापाले उनिहरुलाई उक्त अवार्ड प्रदान गरेका हुन् ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक थापाले पुरस्कृत हुने प्रहरी कर्मचारीहरु र समस्त केन्द्रीय अनुसन्धान ब्यूरोका कर्मचारीहरुलाई बधाई ज्ञापन गर्नुका साथै उक्त पुरस्कारले प्रहरी कर्मचारीहरुको मनोबल उच्च बनाएको र अन्तर्राष्ट्रिय जगतमा संगठनको गरिमा बढाएको बताए ।
२०६२ भदौ १६ गते रसुवा साविक स्याफ्रु गाबिस-९ बाट पाटे बाघको छाला ५ थान, चितुवाको छाला ३६ थान, ओंतको छाला २ सय ३८ थान र बाघको हड्डी १ सय १३ केजी आखेटोपहारहरु समेत बरामद भएको मुद्दामा शुरुदेखि नै फरार रहेका मुख्य अभियुक्त हुम्ला, साविक लिमी गाबिस-४ स्थायी वतन भएको ५० वर्षीय कुञ्जोक लामा भन्ने कुञ्जोक छिरिङ तामाङलाई २०७७ असार ११ गते उक्त व्यूरोबाट खटिएको प्रहरीले काठमाडौंको बौद्धबाट पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि लामटाङ राष्ट्रिय निकुञ्ज कार्यालय, रसुवामा बुझाइएको कारणले उक्त अवार्ड प्रदान गरिएको उक्त व्यूरोले जनाएको छ ।
एशियामा अन्तर्देशीय वातावरणिय अपराधको बिरुद्धमा कार्य गर्ने सरकारी कार्यालय, संस्था, व्यक्ति तथा समूहलाई सार्वजनिक रुपमा पुररस्कृत गरिने उद्देश्यले उक्त अवार्ड सन् २०१५, २०१७ र २०१८ मा वितरण भइसकेकोमा केन्द्रीय अनुसन्धान व्यूरोले सन् २०१८ मा समेत Integrity विधामा उक्त अवार्ड प्राप्त गरेको थियो ।