गणेश मौनी । बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया भागरथी भट्टको हत्या प्रकरणलाई अनुसन्धान गरि दोषीलाई हदैसम्म कारवाहीको माग गर्दै डोटीमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
डोटी बहुमुखी क्याम्पस डोटीमा अध्ययनरत विद्यार्थीहरुले भागरथी मृत फेला परेको पाचँदिन भईसक्दा समेत दोषीलाई पत्ता लगाउन नसक्नु प्रहरी प्रशासनको कमजोरी रहेको बताएका छन् ।
विद्यार्थीहरुले क्याम्पस हाताबाट जुलुस निकाली जिल्ला प्रहरी कार्यालय हुदै जिल्ला प्रशासन कार्यालय अघाडी कोण सभाको आयोजना गरेका थिए ।
कोष सभालाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले कंचनपुरमा दुई वर्ष अघाडी भएको निर्मला पन्त हत्या प्रकरण र पाचँ दिनअघि बैतडीको दोगडाकेदारमा भएको भागरथी भट्टको हत्या प्रकरणलाई पत्ता लगाई दोषीलाई कारवाही गर्न सरकारसंग माग गरेका छन् ।
सभालाई सम्बोधन गर्दै विद्यार्थी नेता रोशनी जाशीले देशका जुनसुकै कुनामा महिलामाथि हिंसाका घटना हुनु भनेको हाम्रै दिदीबहीनीमाथि हुनु सरह भएकोले टुलुटुलु हेरेर बस्न नसक्ने बताईन् । सरकारले चाडोभन्दा चाडो दोषीलाई पत्तालगाई कारवाही गनुपर्ने माग गरिन् । यस्ता घटना चाडो पत्ता लगाउन नसके विद्यार्थीहरु आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिईन् ।
दोषीलाई छिटोभन्दा छिटो पत्ता लगाई हदै सम्मको कारवाही हुनुपर्ने अर्का विद्यार्थी नेता प्रकाश जोशीले बताए । उनले भने महिला माथी दिनानु दिन यस्ता घटना हुनु दुर्भाग्य हो यस्ता घटना छानबिनमा सरकारले तदारुकता देखाउनु पर्ने बताए ।
कोण सभालाई डोटी क्याम्पसमा अध्ययनरत अन्य विद्यार्थी डम्मरी ढाँट, दिपेन्द्र ओझा, मनमोहन ठकुल्ला र बिर बहादुर बिस्टले पनि सम्बोधन गरेका थिए ।