मनोज डाँगी । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमका ट्राफिक प्रमुख हुन् प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मण विश्वकर्मा । सेवाको भावनासहित नेपाल प्रहरी जस्तो राष्ट्रको गरिमा बोकेको प्रहरी संगठनमा आवद्ध उनी एक निष्ठावान प्रहरी कर्मचारी हुन् ।
इमान्दारिता र पारदर्शीतालाई शिरमा राखेर देशको हितमा काम गर्ने प्रणसहित प्रहरी जिवन सुरु गरेका उनी आफ्नो कार्यक्षेत्र र खटाइएको काममा कहिले पनि हेलचक्र्याइ गर्दैनन् । संगठन चुस्त बनाउन सबै तह र तप्ताको उत्तिकै महत्वपूर्ण भुमिका रहन्छ र सबै मिलेर अघि बढ्ने हो भने देशको शिर सधै उचो रहन्छ भन्ने मायन्ता बोक्ने विश्वकर्मा अहिले जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिम प्रमुखको भूमिकामा रुकुम पश्चिम खलंगामा कार्यरत छन् ।
अहिले समग्र जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमको जिम्मेवारी लिइ ट्राफिक प्रमुख सम्हालेका प्रहरी सहायक निरीक्षक विश्वकर्मासँग आज सुरक्षा न्युजले ट्राफिक व्यवस्थापन, अहिले सम्मको कार्यकालमा गरेका उपलब्धि र कठिनाईसँग सम्बन्धित रहेर कुराकानी गरेका छौं । यस्तो छ कुराकानीको संक्षिप्त अंश ।
पछिल्लो समयमा जिल्ला ट्राफिक व्यवस्थापन कस्तो छ ?
म आएको झण्डै १३ महिना पूरा भएको छ । विशेषगरी यो समयमा दुर्घटनामा ज्यान गुमाउने संख्या विगतमा भन्दा ज्यादै न्यून संख्यामा भएका छन् भने, ट्राफिक परिचालनको कुरा हेर्दा थप चुस्तता थपिएको छ । समग्र जिल्ला ट्राफिक व्यवस्थापन आफैमा चुनौतीपूर्ण छ र यसका लागि म र मेरो मातहतका सम्पूर्ण प्रहरी कर्मचारी साथिहरु लागि पर्नुभएको छ जसका कारण यो सफलता मिलेको छ र अझ धेरै कामहरु गर्न बाँकी छ र त्यसका लागि हामी योजनावद्ध रुपमा अगाडी बढेका छौं ।
तपाई रुकुम पश्चिममा आइसकेपछि के-के परिवर्तन गर्नुभयो ?
मैले यो जिल्ला ट्राफिक प्रमुखको पद सम्हालेपछि पहिलो प्रथमिकतामा व्यवस्थापकिय क्षमता बढाउँदै समग्र सडक सुरक्षा र दुर्घटना न्यूकणका लागि अवलम्बन गर्नेसक्ने योजना नै हो । योजना विनाका कामहरु असफल हुने हुँदा यसमा पहिलो प्राथमिकता रह्यो । अनि बढी दुर्घटना र संवेदनशिल क्षेत्रको निक्यौल गरि त्यसका थप व्यवस्थापनमा समेत जोड दिदै, चेक प्वाइटहरु थप्ने, त्यसलाई व्यवस्थापन गर्ने पार्किङको संख्या बढाउने काम भएको र जसले गर्दा सडकमा यत्रतत्र पार्किङ गर्ने काम ज्यादै न्यून भएको छ । भने थप चेक प्वाइटको स्थापना र आधुनिक प्रविधिमार्फत सडक सुरक्षालाई थप मजवुद बनाउने पक्षमा लागिपरेका छौं । यसका साथै सडकमा ट्राफिक व्यवस्थापनमा खटिने प्रहरी कर्मचारीहरुलाई आर्थिक प्रलोभनमा पार्ने खोज्नेहरुलाई अस्विकार गर्ने र त्यस्ता खालको मानिस भेटिए कारवाही प्रक्रिया अघि बढाएका छौं ।
राजस्व संकलनमा ट्राफिक प्रहरीतर्फ जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमले कस्तो गर्दै छ ?
करीब १३ महिनाको अवधिमा २८ लाख राजस्व सङ्कलन गरी नेपाल बैंक लिमिटेड रुकुम पश्चिममा दाखिला गरी राष्ट्रको राजस्वमा टेवा पुर्याएका छौं । यसको सफलता भनेको सम्पूर्ण ट्राफिक प्रहरीहरुको सक्रियता र इमान्दारीता नै प्रमुख कारण हो । अर्को पाटोमा हेर्ने हो भने यसका लागि हामीले जुन किसिमका अभियानहरु चलाएका छौं त्यसको पनि परिणामको विषय हो ।
दुर्घटना न्यूनिकरणमा चुनौतीहरु के-के छन् ?
चुनौतीको कुरा गर्दा पछिल्लो समय जसरी सवारीसाधनको संख्या उल्लेेखेनिय रुपमा बढेको त्यो अनुरुप जनशक्ति व्यवस्थापन हुन सकेको छैन जसले गर्दा अत्याधुनिक चेक प्वाइटको व्यस्थापन गर्नुपर्ने छ, बसपार्क र पार्किङ क्षेत्रलाई बढाउनुपर्ने छ, ओभरहेड, अण्डरपास, ज्रेवा क्रसिङ ठाउँ-ठाउँमा स्पिड बेरेर विस्तार गर्दै लैजानुपर्ने देखिएको छ । प्रविधिको उच्चतम प्रयोग गर्न त्यसको पूर्ति गर्नुका साथै ट्राफिक प्रहरीभित्र पनि अझै सुद्धिकरण आवश्यकता छ । केहि छिटफुटका कुराहरु आइरहेका छन् कर्मचारीहरुले गरेका त्यसलाई थप कारवाही र व्यवस्थापन गर्नुपर्ने छ । खासगरी चालकहरुबाट आफै घुस रकम असुल नगरेर पान पसलेको समेत आउन सक्ने हुर्दा यस्मा सहजकर्ता रहन जरुरत रहेको छ।
भावी कार्ययोजना के-के बनाउनु भएको छ ?
पहिलो कुरा जिल्ला ट्राफिक कार्यलयको लागि भूमि प्राप्ती र भवन निर्माणको कार्य अगाडि बढाउने, बैंकिङ प्रणालीमा राजस्व भुक्तानी व्यवस्थापनको तयारी गर्ने, मापसे परीक्षण हल बनाउने, प्रविधिको विस्तार, आन्तरिक सुद्धिकरणमा थप कडाई गर्ने योजनामा लागि परेको छु ।