गणेश मौनी । सुदूरपश्चिम प्रदेश तालिम केन्द्र दिपायलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रदीप कुमार श्रेष्ठले नेपाल प्रहरी सदैव देश र जनताप्रति बफादार हुनुपर्ने बताएका छन् ।
प्रदेश तालिम केन्द्र दिपायलले बुधबार आयोजना गरेको प्रहरी जवानहरुको आधारभुत तालिम ११/८० औं समुहको तालिमको उद्घाटन गर्दै एसएसपी श्रेष्ठले उक्त कुरामा बताएका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै उनले भने 'प्रहरी भनेको देश र जनताको सेवक हो, नेपाल प्रहरी जहिले पनी देश र जनताप्रति बफादार हुनुपर्छ' ।
उनले प्रशिक्षार्थि प्रहरी जवानलाई इंकीत गर्दै तालिम अबधी र तालिम सकीए पश्चात नेपाल प्रहरी जहिलेपनि अनुशासीत, कर्मठ भएर काम गर्नुका साथै पेशाको उच्च सम्मान गर्नुपर्ने बताए । उनले नेपाल प्रहरीमा आफ्नै प्रकारको चेन अफ कमाण्ड हुन्छ त्यसैले सबै निति नियम पूर्ण रुपमा पालन गर्न समेत सुझाब दिए ।
प्रशिक्षार्थि जवानहरुका लागि संचालन हुने तालिम २ सय ३४ दिनको चार चरणमा संचालन हुने तालिम केन्द्रका प्रहरी निरीक्षक रण बहादुर चन्दले बताए । प्रहरी निरिक्षक चन्द्रले पहिलो चरणमा प्रहरी संगठन ऐन नियमको बारेमा जानकारी, दोस्रो चरणमा प्रहरी कार्य सम्बन्धी जानकारी, तेस्रो चरणमा अपराध अनुसन्धान सम्बन्धी जानकारी र चौथो चरणमा प्रहरी युक्ती कारबाहीका साथै व्यायाम अभ्यास र प्रयोगात्मक कक्षाहरु समेत संचालन गरिने बताए ।
प्रदेश तालिम केन्द्रका प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर विष्टले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए ।
तालिममा १ सय १० महिला र २ सय ९१ जना पुरुष गरि ४ सय १ जना र प्रहरी प्रशिक्षण स्थल बुडरमा २ सय १२ जना पुरुष गरि ६ सय १३ जना प्रशिक्षार्थि जवानहरु तलिममा सहभागि रहने तालिम केन्द्र दिपायलले जानकारी दिएको छ ।