गणेश मौनी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले नेपाल प्रहरी आफ्नो जिम्मेवारी उच्च मनोबलका साथ बहन गरिरहेको बताएका छन् ।
विश्वब्यापी महामारीको कोरोना भाइरसको संक्रमण दिनानु दिन बढीरहेको अवस्थामा नेपाल प्रहरी फन्टलाईनमा बसेर आफ्नो जिम्मेवारी पूर्णरुपमा निबार्ह गरिरहेको बताए । उनले भने अरुको तुलनामा स्वास्थ्यकर्मि र प्रहरीलाई बढी जोखिम छ सिमावर्ति क्षेत्रबाट प्रवेश गर्दा देखि नै प्रहरीको जिम्मेवारी सुरु हुन्छ, डाटा संकलन गर्ने, नाम ठेगना अध्याबधीक गर्ने, त्यहाँबाट सम्बन्धीत पालीका सम्म पुर्याउने, क्वारेन्टाईन स्थलको सुरक्षा गर्ने सम्म जिम्मेवारी नै प्रहरीको हो । त्यसैले नेपाल प्रहरी आफ्नो जिम्मेबारी बाट पन्छीने, पछी हट्ने अवस्था हुदैन अत्याधीक सजकता र सर्तकता अपनाएर उच्च मनोबलका साथ आफ्नो जिम्मेबारी बहन गरिरहेको र आगामी दिनमा पनि गर्ने बताए ।
२०६७ चैत्र ११ पश्चात नेपाल र भारतका विभिन्न सिमाबर्ति क्षेत्रका विभिन्न नाकाहरुबाट १ लाख ६३ हजार ८ सय नागरिक सुदुरपश्चिममा प्रबेश गरेका थिए । जसमा सोमबार सम्म ५ हजार ६ सय ८० जनामा कोरोना भाइरस संक्रममण देखिएको थियो जसमा ४ हजार ८ सय ३९ जना उपचार पश्चात निको भएर घर फर्किसकेका छन् भने ८ सय ८ जना विभिन्न अस्पतालका आइसोलेशन सेन्टर, स्वास्थ्य केन्द्र र स्थानीय तहले तयार पारेका आइसोलेशन केन्द्रमा उपचार भईरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सुदुरपश्चीम प्रदेशमा सोमबार सम्म २८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो जसमा १४ जना उपचार पश्चात निको भएर डीउटी स्टेशन गईसकेका, १४ जना प्रहरीको उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको एसएसपी सिंहले जानकारी दिए ।
कोरोना भाइरस महामारीको रुपमा दिनानुदिन बढीरहेको छ संक्रमणबाट बच्न हामी सबैले म भन्दा बाहेक जोजती छन् सबै संक्रमीत छन् सुरक्षाकर्मिले भन्ने गरेका सबै कुराहरु हाम्रो लागि नै हो भन्ने सोच राख्नुपर्छ जुन वडा, पालिका र जिल्लाले गरेको लकडाउन हामी सबैले पूर्णरुपमा पालन गर्नुपर्छ त्यसपछी मात्र हामी कोरोना बाट बच्न सकीने समेत एसएसपी सिंहले बताए ।
नेपाल सरकारले कोरोनाबाट प्रहरी कर्मचारी संक्रमण भएको अवस्थामा १ लाख बिमाको ब्यवस्था गरेकोले प्रहरीलाई सहुलीयत हुने पनि एसएसपी सिंह बताए ।
सुदुरपश्चिम प्रदेश पनि कोरोना संक्रमणको उच्च जोखिमा रहेको छ । हाल सम्म कोरोना संक्रमणको कारणले १३ जनाको मृत्यु भईसकेको छ जनामा २ जना महिला ८ जना पुरुष र ३ जना बालबालिका रहेका छन् ।