काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर स्थित खाली जग्गामा ‘पुष्परोपण कार्यक्रम’ सम्पन्न गरेको छ ।
आइतबार आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि तथा महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेलले पुष्परोपन गरी उद्घाटन गरेका हुन् ।
महाशाखाले एकातर्फ काठमाडौ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुधार गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ भने अर्कातर्फ सडकको छेउलाई पनि मनमोहक, रौनक र रङ्गिन बनाई सुन्दरता वढाउन पुष्परोपन गर्न थालेको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रहरी नायव निरिक्षक विश्वराज पोखरेलले बढ्दो शहरीकरण कारण दिनप्रतिदिन बढिरहेको वातावरणीय असरप्रति सबैले गम्भिरताका साथ वृक्षारोपन गर्नु पर्नेमा जोड दिए । उनले ट्राफिक महाशाखाले निक्कै सराहनीय काम गरेको भन्दै मुक्तकण्ठले प्रशंसा समेत गरे ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ट उपरीक्षक भिम ढकालले महाशाखा लगायत मातहतका ४४ वटै ट्राफिक कार्यालयहरूले ३५० भन्दा वढी फुलका विरुवाको व्यवस्था गरेको जानकारी दिए ।
ढकालले ती ट्राफिक कार्यालयहरू आफुले रोपेका फूलहरूलाई आफैले नै रेखदेख गर्ने र ३ महिनापछि सवैभन्दा उत्कृष्ट विरूवा (फूल) बनाउने कार्यालयलाई पुरस्कृत गर्ने कुरा पनि बताए ।
नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल नजिकै रहेको तीनकुने पर्यटकहरू आवातजावत गर्ने मुल ढोका समेत रहेकोले त्यहाँ रहेको खाली जग्गामा फूलहरू रोपि सडकलाई मनमोहक बनाईएको महाशाखाले जनाएको छ र अन्य यस्तै खाली रहेका स्थानमा पनि वृक्षरोपन गर्न नागरिकहरूलाई प्रेरणा मिल्ने विश्वास लिएको छ ।
अमला, वेगमवेली, तेजपत्ता, रिठ्ठा, मसला, धुपी, पारिजात, कपुर, रातकी रानी, कामिनी, किम्बु, चाँप, चाईनिज गुलाव, समी, मेन्टोगेटा, एभोगाडो, हेमनकस, आरू जस्ता ३५० बढी विरूवा ट्राफिक प्रहरीका अधिकृत तथा जवानहरूले आज रोपेका छन् ।