काठमाडौ । सशस्त्र प्रहरी बल, नेपालले सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका ११ मा नेपाल एपीएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुल संचालन गर्ने भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहिबार एक कार्यक्रमका बिच उक्त स्कुल भवनको शिलान्यास गरेका छन् । त्यस अवसरमा उनले संगठनले शान्ति सुरक्षा एवं सुशासन कायम राख्ने कार्यमा व्यावसायीक कुसलतापुर्वक उत्कृष्ट योगदान पुरीईरहेको चर्चा गर्दै यसका अतिरिक्त शिक्षाको क्षेत्रमा समेत योगदान पुर्याउने उद्वेश्यले राजधानी बाहिर यस बिद्यालय संचालन गर्ने प्रयास गरिएको उल्लेख गरे ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले राजधानी बाहिर यस्ता बिद्यालय संचालन गरिदा सशस्त्र प्रहरी कर्मचारी एवं स्थानिय नागरिकका सन्ततीको शिक्षादिक्षामा योगदान पुर्याउन सकिने बताउदै बिद्यालय स्थापना गर्ने कार्यमा सहयोग पुर्याउने सबै प्रति आभार प्रकट गरे ।
समयानुकुल शिक्षाले हरेक क्षेत्रमा अगाडी बढ्न मद्वत गर्ने उल्लेख गर्दै सशस्त्र प्रहरी महानिरीक्षक खनालले कुनैपनि बालबालिका शिक्षाबाट बन्चित हुनुनपर्ने र त्यसका लागी सवैले आ–आफ्नो ठाँउबाट प्रयास गर्नुपर्ने बताए । ‘सुखी नेपाली समृद्व नेपाल‘ निर्माणमा सबैले योगदान पुर्याउनुपर्ने
बताउदै महानिरीक्षक खनालले यस स्कुलको संचालनबाट शिक्षाको क्षेत्रमा योगदान पुर्याउन सकिने उल्लेख गरे ।
सो ठाउँमा शैक्षिक भवन, प्रधानाध्यापक आवास, गार्ड भवन, पानी ट्याङ्की, सेफ्टी ट्याङ्की, फुटवल ग्राउण्ड, मेनगेट लगायतको स्कुल परिसर आगामी ११ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।